काठमाडौँ । नेपाली सेनाले सैनिक नियमवाली संशोधन गर्दै फलोअर्स र सिपाहीले सेवा प्रवेश गरेको १६ बर्षमा नै पेन्सन पाउने गराएको छ।
सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गरेको हो। जसलाई रक्षा मन्त्रालयले सहमति गर्दै कानुन मन्त्रालयमा पत्राचार गरिसकेको छ। नेपाली सेनाका सिपाहीहरूले १७ वर्षदेखि राख्दै आएको माग प्रधानसेनापति पूर्णचन्द्र थापाले पूरा गरेका हुन्।
रक्षा मन्त्रालयले सेनाले गरेको यो प्रस्तावलाई १६ पुसमा नै सहमति गरी पत्राचार गरेको छ।
नेपाली सेनाका सिपाहीको पेन्सन अवधि बीचमा १६ वर्ष भए पनि पछि संशोधन गरेर २० वर्ष बनाइएको थियो । पेन्सन अवधि बढाइएपछि लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए ।
नयाँ नियमावलीअनुसार, २८ वैशाख ०६० र त्यसपछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन १६ बर्षमा हुने निश्चित भएको छ। यसअघि पेन्सन अवधि २० बर्ष बनाइएको थियो। नियमावली संशोधनसँगै तल्लो तहमा जागिर खाने सेनालाई राहत मिलेको छ।
यस्तै नेपाली सेनाले सहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुने नयाँ नियमावलीअनुसार गरेको छ। सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको सैनिक स्रोतले जनाएको छ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन
फोनिजको डिजिटल जर्नालिजमबारे अन्तरक्रिया
कोरोनाले छेक्यो कोरियाको बाटो
मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
उडुस मार्दै रात काट्दै कैन्दीबन्दी
hero news full width
मुख्य समाचार
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७