विश्रव कीर्तिमानी खगेन्द्रको स्मरण

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
khandra thapa magar 5

पोखरा । खगेन्द्र थापामगरको प्रथम स्मृति सभा सोमबार पोखरामा सम्पन्न भयो ।

खगेन्द्र थापामगर प्रतिष्ठानको आयोजनामा भएको सभामा वक्ताले खगेन्द्रले नेपाललाई विश्वसामु चिनाउन उच्च योगदान पु¥याएको स्मरण गरे ।
गर्दै सहित स्मरण गर्दै प्रथम स्मृति सभा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए ।

कार्यक्रममा प्रतिष्ठान अध्यक्ष मीनबहादुर राना, उपाध्यक्ष रामबहादुर केसी, कोषाध्यक्ष दामोदर बास्तोला, पत्रकार रुद्र श्रीषमगर, दीननाथ बराल लगायतले खगेन्द्रको तस्बिरमा माल्यारोपणसहित योगदानको स्मरण गरे ।

कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।

बागलुङको वरेङ १, धुल्लुवास्कोटमा २०४९ असोज २८ मा जन्मिएका खगेन्द्रको गत वर्ष माघ ३ मा पोखरामा स्वर्गारोहण भएको थियो ।

खगेन्द्रका आमा धनमाया थापामगर र बुवा रुपबहादुर थापामगरले भने खगेन्द्रको स्मृतिमा बुधबार आफ्नो परम्पराअनुसार उनको स्मृतिमा कार्यक्रम गर्ने जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width