दमौली। व्यास नगरपालिका ५ मानुङकोटबाट व्यास नगरपालिका ८ पुलिमराङसम्म चौथो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । हरेक वर्ष सहिद दिवसको अवसरमा व्यास नगरपालिकाले गर्दै आएको व्यास नगर अल्ट्रा म्याराथन नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागेको हो ।
व्यास नगरपालिकाका प्रमुख न्यौपानेले पर्यटकीय गाउँ मानुङकोट र सहिदको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत ४ वर्षदेखि म्याराथनलाई निरन्तरता दिँदै आएको पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए ।
म्याराथनमा बाटोको बीचमा दुरी पार गरेको धावकको दर्ता समेत गरिने जसले गर्दा कसैले पनि छलि गर्न नपाउने न्यौपानेले बताए । यस वर्षको म्याराथनको संयोजकमा उपप्रमुख मिरा जोशी छन् । प्रतियोगितामा १६ वर्ष भन्दा माथिको उमेर धावक सहभागी हुन पाउने छन् । मानुङकोटबाट सुरु हुने म्याराथन सहिद स्मारक पार्क रहेको व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहनेछ ।
प्रतियोगितामा ८ स्थलमा चेक प्वाइन्ट राखिने भएको छ । म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलंैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
गत वर्षको म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङले उपाधि जितेका थिए । यस पटक हुने प्रतियोगितामा पुरस्कार राशि वृद्धि गरेको छ । प्रथमलाई ८५ हजार ७७ रुपैयाँ, द्वितीयलाई ६५ हजार ७७ रुपैयाँ तथा तृतीयलाई ५५ हजार ७७ रुपैयाँ छ । यसैगरी सान्त्वनाका लागि भने १६ हजार ७७ रुपैयाँ पुरस्कार तोकिएको छ ।
पुरस्कार रकमको कर नगरपालिका आफैंले बेहोर्ने जानकारी दिइएको छ । गत वर्ष प्रथम हुनेलाई ८१ हजार ७६, दोस्रो हुनेलाई ६१ हजार ७६, तेस्रो हुनेलाई नगद ५१ हजार ७६ रुपैयाँ र सान्त्वना हुने पाँच जनालाई १६ हजार ७६ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने र १५ गते धावकलाई अभिमुखीकरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यसैगरी महिलाहरुका लागि पनि नगरपालिकाले दौड गर्ने भएको छ । गत वर्ष गर्ने भनिएको दौड कोरोनाले रोकिएको भन्दै अन्तर्राष्ट्रिय नारी दिवसबाट निरन्तरता दिइने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा ऐतिहासिक तनहुँसुरसम्मको हाफ अल्ट्रा म्याराथन प्रतियोगिता पनि गरिने व्यासनगर उपप्रमुख मिरा जोशीले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई
नेपालकै ठूलो धनराशिको फुटसल
सुरु भयो बिटी कपको १४ औं संस्करण
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७