पाठ्यक्रममा मुक्तक समावेश गर्न माग

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
muktak

पोखरा । मुक्तकलाई पाठ्यक्रममा समावेश गर्न माग गर्दै सोमबार दबाबमूलक कार्यक्रमसहित सामाजिक विकास मन्त्री नरदेवी पुन मगरलाई मुक्तक मञ्च पोखराले ज्ञापनपत्र बुझाएको छ ।

मुक्तकको सैद्धान्तिक पक्ष र उत्कृष्ट रचनाहरुलाई विद्यालय तहदेखी विश्वविद्यालय तहको पाठ्यक्रम समावेश गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको अभियान संयोजक रामजीप्रसाद आचार्यले बताए ।

नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीका माझ राम्रो लोकप्रियता पाएको भए पनि औपचारिक अध्ययन र अध्यापनमा नसमेटिएको उनले गुनासो गरे ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पुन मगरले मुक्तकलाई पाठ्यक्रममा समावेश गराउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित निकायमा काम अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।

सिंगो महाकाव्यले दिने वैचारिक प्रक्षेपण केबल ४ हरफको मुक्तकले दिने भएकाले मुक्तक विधाका माध्यमबाट विद्यार्थीहरुलाई दीक्षित गराउने सुवर्ण अवसर नेपाल सरकारले दिनेमा विस्वस्त भएको मञ्चका अध्यक्ष तथा अभियान संयोजक आचार्यले बताए ।

मुक्तक मञ्च पोखराका सल्लाहकार लक्ष्मण थापाले मुक्तक विधालाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा समावेश गर्न आवस्यक रहेको औंल्याए ।

कार्यक्रममा उपाध्यक्ष भरत पौडेल, प्रकाश अधिकारी, गीता तिवारी उपसमिति सचिव नविन भण्डारी, सल्लाहकार लक्ष्मण थापा एवं सदस्यहरु विकास गौतम, गौरव ढुंगा, नवराज पौडेल, राजेन्द्र विक, सुवास पौडेल, कृष्णा पौडेल, राम अर्याल, सम्पूर्ण पौडेल, सुरेन्द्र विक लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width