पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आगामी वैशाखमा पाँचौं पोखरा स्पोर्टस् अवार्ड गर्ने निर्णय गरेको छ । कोभिड–१९ का कारण स्थगित सो अवार्ड वैशाखमा विश्व प्रेस स्वतन्त्रता दिवसका दिन ‘टिभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ नाममा गर्ने निर्णय मञ्चको सोमबार बैठकले गरेको हो ।
मञ्च अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा यसअघि १ सय १ सदस्यीय मूल आयोजक समिति, विभिन्न उपसमिति, खेलाडी मनोनयन समिति र पत्रकारतर्फ प्रतिभा छनोट समिति गठन गरिएको थियो ।
खेलाडी मनोनयन रामकृष्ण ज्ञवाली, केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित सदस्य रहेको छनोट समिति गठित छ भने वर्ष उत्कृष्ट पत्रकारिता अवार्डमा दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने सहित पदेनसदस्यमा मञ्च अध्यक्ष र महासचिव छन् । बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको सो कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्डलगायत ८ विधामा अवार्ड दिइने छ ।
बैठकले कोभिड–१९ बाट संक्रमित मञ्चका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खेलकुद पत्रकारितामा क्रियाशील रहन आग्रहसमेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१