पुसमा लागु औषधका ११ उजुरी

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
Police

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस महिनाभर लागु औषधका ११ जाहेरी परेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै ती जाहेरी आधारमा लागु औषधसहित १८ पुरुष र २ महिला गरी २० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
प्रहरीले उनीहरुको साथबाट बुफ्रिनर्फिन २ सय १९ एम्पुल, डाइजापाम २ सय २१ एम्पुल, फेनेरागन २ सय २० एम्पुल, नाइट्रोभ्याट ६० चक्की र गाँजा १ केजी १० ग्राम बरामद गरेको जनाएको छ ।

यस्तै, कास्की प्रहरीले माघको यस अवधिसम्म लागु औषध मुद्दामा २ जनालाई पक्रेको छ । पोखरा जिरो किलोमिटरबाट १ किलो ३ सय ग्राम गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लुम्ले घर भई पोखरा ५ बस्ने २९ वर्षका सन्तोष विक र सोही गाउँपालिका १० घर भई पोखरा २९ बस्ने २५ वर्षका सूर्य सुनार छन् ।

गत पुसमा १ सय ६ जाहेरी दर्ता भएकोमा १ विदेशीसहित ७५ जनालाई पक्राउ परिएको कास्की प्रहरी प्रमुख श्रेष्ठले बताए । तीमध्ये १ विदेशी पुरुष, नेपाली ६६ पुरुष र ८ महिला छन् ।

कार्यालयमा बैंकिङ कसुर २७, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरका १५, झुन्डिई आत्महत्या गरेको १६, भवितव्य ज्यान ७, सवारी ज्यान ४, ठगी र जबरजस्ती करणीका ३–३, जबरजस्ती करणी उद्योग २, चोरी, ज्यान मार्ने उद्योग, आगो लगाई आत्महत्या, हाम फाली आत्महत्या,

बालयौन दुरुपयोग र विष सेवन गरी आत्महत्याका १–१ गरी कुल १ सय ६ जाहेरी दर्ता भए ।

यस्तै, प्रहरीले हराएका २७ थान मोबाइल समेत फेला पारी सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरेको जनायो ।

पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख एसपी श्रेष्ठले पुसमा ३७ वटा जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width