पोखरा । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले नेपाल कम्युनिस्ट पार्टीले आफूसँगै व्यवस्था समेत सिध्याएको आरोप लगाएका छन् ।
सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर उनले भने, ‘नेकपाले आफूलाई मात्रै सिध्याएको छैन । एउटा व्यवस्था सिध्याएको छ, जनताको राजनीतिप्रतिको विश्वास सिध्याएको छ । यसको जवाफ कठघरामा उभिएर नेकपाका नेतृत्वले दिनैपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेकोप्रति उनले आपत्ति जनाए । सर्वोच्च अदालतको फैसला संविधान बमोजिम हुने विश्वास व्यक्त गर्दै दवाडीले आफूहरु सरकार भत्काउने र जोड्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘सत्ता चलाउने जिम्मेवारी जनताले नेकपालाई दिएका छन् । कांग्रेस प्रतिपक्षमै रहन्छ,’ उनले थपे, ‘सरकार राम्रो भएन भने जिम्मेवार बनाउने हो, प्रतिपक्षी आफै सरकारमा जाने होइन ।’
कांग्रेस संसदीय दलको प्रबक्ता समेत रहेका दवाडीले प्रधानमन्त्रीले संविधानको हत्या गरेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीलाई म सोध्दिन, पानी जहाज कहाँ आइपुग्यो ? म सोध्दिन, ग्यासको पाइपलाइन कहाँ आईपुग्यो ? र म यो पनि सोध्दिन, सुलुलु बग्ने रेल कहाँ आइपुग्यो ?,’ उनी भन्छन्, ‘यति मात्रै सोध्छु, जनताले ७० वर्ष लामो आन्दोलन र बलिदानबाट ल्याएको संविधानको हत्या गर्ने अधिकार तपाईंलाई कसले दियो ? यसको उत्तर छ ?’
नेकपाभित्रको विवादले देश नै संकटमा फसेको उनको तर्क छ । उनले प्रधानमन्त्रीलाई फ्रान्सेली राजा लुई चौधौंसँग दाँजेका छन् । ‘लुई चौधौंले भनेका थिए, म नै राज्य हुँ । अहिले प्रधानमन्त्रीमा त्यही छनक छरपष्ट छ,’ उनले भने । नेकपाले दुई तिहाई बहुमत पाउँदा समेत सुन्दर अवसर गुमाएको उनको भनाइ छ ।
‘एकातिर कोरोनाको महामारी, अर्कातिर संघीयता संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारी । नेकपाका लागि यो सयौं वर्ष राज गर्ने महान् एजेन्डा बन्ने थियो, यदि यो समय पदको मोह छोडेर जनताका लागि काम गरेको भए,’ दवाडी भन्छन्, ‘जनता रोग र भोकले रोइरहेका छन् । नेताहरुलाई कुर्ची पाउने कि नपाउने भन्ने रडाको छ ।’ दुई समूहबीचको घोचपेचले उनीहरुमा राजनीतिक निष्ठा नभएको पुष्टि गर्ने दवाडी बताउँछन् ।
सांसद दवाडीले पहिलो वर्ष १२ लाख, दोस्रो वर्ष १० लाख रुपैयाँ र गएको वर्ष ९ लाख रुपैयाँ सामाजिक काममा खर्च गरिसकेका छन्
उनले आफूलाई राज्यबाट प्राप्त सेवा सुविधा र त्यसको समाजमा गरेको लगानीको फेहरिस्थ सुनाए । संसदमा छिरेकै दिन उनले आफूलाई राज्यकोषबाट प्राप्त हुने सेवा सुविधा समाजसेवामा लगाउने बाचा पत्रकार मार्फत गरेका थिए । यो वर्ष करिब ९ लाख रुपैयाँ खर्च गरेको विवरण उनले सुनाएका छन् । पहिलो वर्ष १२ लाख, दोस्रो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा खर्च गरिसकेका छन् ।
‘कोही बिरामी हुँदा अस्पताल पुगेको छु । कतै बाटो नहुँदा, डोजर लिएर पुगेको छु । कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन,’ उनले भने, ‘स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म मेरो सामथ्र्यले भेटेसम्म सघाएको छु । मैले निर्वाचनका बेला मतदातासँग गरेको वाचा भुलेको छैन ।’
बिरामीको उपचार, लकडाउनको बेला राहत वितरण, क्लब र आमा समूह तथा विभिन्न समूहहरुलाई आर्थिक सहयोग देखि एम्बुलेन्स खरिद र सडक मर्मत समेत काममा सघाएको उनको विवरणमा उल्लेख छ । ‘मेरो क्षेत्रमा अहिले पनि बिरामी हुँदा अस्पताल जाने परम्परा छैन । राम्रोसँग नेपाली बोल्न नसक्ने हरु पनि छन्,’ उनी भन्छन्, ‘उनीहरुलाई मैले सहयोग गर्नुपर्छ । उनीहरुकै आवाज बोल्न र त्यहाँसम्म विकास पु¥याउन म निर्वाचित भएको हुँ ।’ उनले विद्यालयमा समेत सहयोग गरेका छन् ।
Related News
सम्बन्धित समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
hero news full width
मुख्य समाचार
ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७सर्वाेच्चकाे फैसलाकाे सर्वत्र स्वागत, खुसियालीमा दीपावली
फागुन ११, २०७७संसद् पुनर्स्थापना जनता र संविधानवादको जितः सभामुख सापकोटा
फागुन ११, २०७७पुस ५ पछि सरकारले गरेका राजनीतिक नियुक्ति स्वतः खारेज
फागुन ११, २०७७