एलिनालाई नेपाल स्टारको ताज पहिराउन अभियान

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
alina (1)

पोखरा । नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी सो वाइवाइ नेपाल स्टारको सिजन १ को उपाधि पोखरेली चेली एलिना गुरुङले जित्ने दाबी गरिएको छ । एलिना गुरुङ जिताऔं सहयोग समितिले पत्रकार सम्मेलन गरी रियालिटी सोमा पोखरा, गीत संगीत, स्त्रीशक्ति एलिनाले उपाधि चुम्ने उद्घोष गरिएको हो ।

पत्रकार सम्मेलनमा एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङ, संरक्षकद्वय हुमबहादुर गुरुङ र मनकुमार श्रेष्ठ, आर्थिक विभाग प्रमुख कुमारी गुरुङले नेपाल स्टारको ताज एलिनालाई पहिराउन आफूहरु अन्तिम तयारीमा जुटेको बताए । गीत संगीतको विकास र नेपाल स्टारको गौरबलाई उचाइमा पु¥याउन, गीत संगीतको राजधानी सिंगो पोखरा, स्वदेश विदेशबाट शुभेच्छुक शुभचिन्तकहरुले एलिनालाई उपाधि चुमाउने अन्तिम तयारीमा जुटेको समितिले दाबी प्रस्तुत गर्‍याे ।

कार्यक्रममा फाइनालिस्ट एलिना गुरुङले फाइनल चरणसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै उपाधि जिताउन एक पटक सबैको भोट, सधै इमान्दारीताका साथ संगीतको यात्री बन्ने अठोटका साथ सहयोगको लागि अनुरोध गरिन् ।

यसैबीच फाइनल प्रतिस्पर्धी एलिना गुरुङको स्वागतार्थ माघ ६ गते मंगलबार पोखरामा सांगीतिक कार्यक्रम गरिने भएको छ । शनिबार फाइनल प्रवेश पश्चात् आइतबार गृहनगर पोखरा आएकी एलिनालाई पोखरेलीको भव्य स्वागत गरिएको थियो भने मंगलबार अपरान्ह पोखरा १२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा स्वागतार्थ सांगितीक कार्यक्रम गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पोखरेली चेलीलाई नेपाल स्टारको उपाधि चुमाउन प्रचार प्रसारका साथै स्वागतका लागि आयोजना गरिने सांगितीक कार्यक्रममा एलिना गुरुङ, हार्मोनी समूहसहित पोखरेली कलाकारहरु प्रस्तुति हुने छ ।

कास्की जिल्ला मादी गाँउपालिका २ ताङतिङ गाँउ भई हाल पोखरा महानगरपालिका १३, विपी मार्ग निवासी एलिना गुरुङलाई नेपाल स्टारको ताज पहिर्‍याउन वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको संयोजकत्वमा एलिना गुरुङ जिताऔं सहयोग समिति र विभिन्न विभागहरु गठन भई क्रियाशील रहेको र विदेशका २० वटा देशहरुमा सहयोग समिति गठन गरी भोटिङ र सहयोगका लागि जुटिरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलन प्रचार विभाग संयोजक खिमा गुरुङको अध्यक्षता र सहयोग समितिका सचिव रोशनी गुरुङले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width