पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कम्युनिस्ट सरकारको कमजोरीका कारण संविधान मृतावस्थामा पुगेको आरोप लगाएका छन् । कांग्रेस कास्कीले आइतबार गरेको कार्यकर्ता भेटघाटको कार्यक्रममा उनले नेकपा सरकारले संविधानलाई कुल्चिएको बताए । ओलीको नेतृत्वमा सरकार बनेको भालिपल्टदेखि नै कम्युनिस्टहरुले संविधान समाप्त पर्ने खेल खेल्दै आएको उनको भनाइ छ ।
संसद विघटनले देशको राष्ट्रियता कमजोर भएको उनको जिकीर थियो । बाहिरी शक्तिहरुले खेल्ने मौका पाएको भन्दै उनले अहिलेको सरकारले देश संकटमा धकेलेको उनले बताए । देशको सार्वभौमिकतामाथि पनि प्रश्न उठ्ने काम भएको भन्दै यो संकटको समस्या समाधान गर्ने जिम्मा कांग्रेसमा आएको उनको भनाइ थियो । ‘संंसद विघटनको विषय र ओलीलाई सही ट्रयाकमा ल्याउन कांग्रेस देशैभर जागेको छ,’ उनले भने, ‘हामीले गत पुस १३ गतेदेखि नै चरणवद्ध आन्दोलन गरिरहेछौं ।’
पूर्वमन्त्री समेत रहेका जोशीले नेपाल–भारत र चीन जोड्ने त्रिदेशीय सीमाबिन्दुमा रहेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोे ३ हप्तापछि सरकारले एउटा पत्र लेख्नुबाहेक केही गर्न नसकेको भनाइ राखे ।
उनले भने, ‘हिजो प्रतिपक्षमा रहँदा भारतविरुद्ध बोलेर जनमत बटुलेका कम्युनिस्ट सरकारका प्रधानमन्त्री आज राष्ट्रिय स्वाभिमान खतरामा परिरहेका बेला कुटनीतिक पहल किन थाल्दैनन् ।’ दुई तिहाइको कम्युनिस्ट सरकार कुटनीतिक सम्बन्ध सुधार गर्नुपर्ने समयमा आफू आफू लडेर संसद विघटन गरेर लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने काम गरेको उनले आरोप लगाए ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
जनयुद्धका सहिदको सम्झना
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७