स्याङ्जा उवासंघमा रवीन्द्रमान श्रेष्ठ 

Avatar आदर्श समाज सम्वाददाता
माघ ४, २०७७
scci

पाेखरा । स्याङ्जा उद्याेग वाणिज्य संघ अध्यक्षमा रवीन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

संघकाे शनिबार भएकाे अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हिक्मत श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजनप्रसाद घिमिरे, द्वित्तीय उपाध्यक्षमा दीपककुमार श्रेष्ठ निर्वाचित भए ।

तृतीय उपाध्यक्षमा सुनिता पाैडेल गाैतम  र महासचिवमा रामचन्द्र नेपाल निर्वाचित भए ।

सहमतिकै आधारमा समितिमा निर्विराेध चयन गरिएकाे हाे ।

सचिवमा मित्रवन्धु पाेखरेल, सहसचिवमा लक्षुमण प्रधान, काेषाध्यक्षमा खालिद मिया, सहकाेषाध्यक्षमा सुमन गुरुङ चयन भएका छन् ।

सदस्यमा अर्जुन थापा, दीपेन्द्रकुमा श्रेष्ठ, गंगा प्रधान, अतिप्रसाद श्रेष्ठ, रविन्द्र केसी, प्रकाश डाेटेल, अनुप श्रेष्ठ र रामप्रसाद लम्साल चयन भएकाे निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads