मुलुकलाई औषधी उत्पादनमा आत्मनिर्भर बनाऔं : प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
माघ ४, २०७७
amik medicine

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले औषधी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ, पोखरा इकाइको १५ औं अधिवेशन शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रदेश प्रमुख शेरचनले स्वदेशी जडीबुटीको प्रयोग गरेर देशलाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

अझै पनि ठूलो मात्रामा विदेशी कम्पनीका औषधी आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले स्वदेशकै कच्चा पदार्थमा आधारित औषधी उद्योगको स्थापना जरुरी रहेको बताए । औषधी बिक्री प्रतिनिधिलाई सामूहिक रुपमा लगानी गरी औषधी उद्योग खोल्न सुझाव दिँदै उनले स्वदेशी औषधी उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए ।

पेसागत सम्मान र सेवासुविधाका लागि राज्यको ध्यान जानु आवश्यक रहेको भन्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य क्षेत्र हेर्ने राज्यका निकायमा स्वास्थ्य क्षेत्रकै जानकार कर्मचारीलाई स्थान दिनुपर्ने धारणा राखे ।

संघ पोखरा इकाइ अध्यक्ष नीरज पन्तको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width