कांग्रेस सडकमा आउनुपर्छ : महामन्त्री कोइराला

आदर्श समाज सम्वाददाता
माघ ३, २०७७
sasanka koirala congress

नवलपुर ।  नेपाली कांग्रेस महामन्त्री डा शशांक कोइरालाले संविधान सही बाटोमा ल्याउन प्रतिनिधि सभा पुनःस्र्थापना हुनु पर्ने बताएका छन् ।

कांग्रेस देवचुलीले आयोजना गरेको विरोध सभालाई देवचुलीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै च्यातेको आरोप लगाउँदै नेता कोइरालाले सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको बताए । सत्तरी वर्षको संघर्षपछि बनेको संविधान च्यातेर ओलीले प्रतिनिधि सभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि कांग्रेस सडकमा आउनुपरेको उनले बताए ।

यसैबीच, केन्द्रीय कार्यक्रम अनुसार पूर्वी नवलपरासीको ८ वटै पालिकामा शनिबार विरोध प्रदर्शन गरिएको छ ।
मध्यविन्दु नगरपालिकाको चोरमारामा भएको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्य एवम् मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले ५ वर्षको लागि जनताले दिएको जनमत लत्ताएर ताजा जनमतको कुरा गर्नु हास्यास्पद भएको तर्क गरे ।

कांग्रेस महासमिति सदस्य राजकुमार महतोले चुनावमा गए कांग्रेसले बहुमत ल्याउने प्रष्ट भए पनि कांग्रेस संविधान रक्षाको लागि प्रतिनिधि सभा पुनःस्र्थापनाको मागसहित सडकमा आएको बताए ।

कांग्रेस नवलपुर सदस्य उदयराज अर्यालले विगतमा २ कम्युनिस्ट पार्टी मिलेर अब ५० वर्ष सरकार चलाउछौं भन्नेहरु ३ वर्ष पनि टिक्न नसकेको भन्दै टिप्पणी गरे ।

कार्यक्रममा जिपी फाउन्डेसन गण्डकी प्रदेशका संयोजक चेतन पौडेल, नेपाल महिला संघ नवलपुरका सभापति विमला सापकोटाले मन्तव्य राखेका थिए ।

चोरमारा बजारबाट सुरु विरोध र्‍याली फूलबारी पुगेर पुनः चोरमारा आएर कोणसभामा परिणत भएको थियो ।

यसैबीच, गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङटार, बौदिकालिकाको डेढगाउँ र विनयी त्रिवेणीको सर्दीमा पालिकास्तरीय प्रदर्शन भएको कांग्र्स पूर्वी नवलपरासीका सचिव बालकृष्ण घिमिरेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width