पोखरा । सरकारले प्रतिनिधि सभा विघटन गरेकोविरुद्ध नेपाली कांग्रेसले शनिबार देशका ७ सय ५३ पालिकामा प्रदर्शन गरेको छ ।
कांग्रेसको चरणबद्ध आन्दोलनअन्तर्गत कास्कीमा ५ पालिकामा पनि विरोध प्रदर्शन भयो । पोखरा महानगरपालिकासहित मादी, रुपा र अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा प्रदर्शन गरिएको हो ।
पोखरामा चिप्लेढुंगास्थित पार्टी कार्यालय, मादीको याङ्जाकोट, रुपाको ध्रुवतारा क्लब प्रांगण, अन्नपूर्णको प्रदर्शन नागडाँडा र माछापुच्छ्रेको प्रदर्शन महेन्द्र माविको प्रांगणबाट विरोध प्रदर्शन सुरु भएको कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकाको प्रदर्शनपछि नयाँपुलमा आयोजित विरोध सभामा बोल्दै कांग्रेस नेता शुक्रराज शर्माले कम्युनिष्टलाई मत दिएर जिताएकाहरुले अहिले पश्चाताप गरिहेको बताए । उनले देश र जनताका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका योजना आवश्यक रहेको उल्लेख गरे ।
मादीको याङ्जाकोटमा आयोजित विरोध सभामा बोल्दै जिल्ला सभापति कृष्ण केसीले कम्युनिष्टका कारण सर्वसत्तावाद बढेको बताए । उनले लोकतन्त्रमाथिको प्रहार कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख गरे ।
अन्नपूर्णको विरोध सभामा महासमिति सदस्य दीपक गुरुङ, महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचन, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, कांग्रेस कास्की प्रवक्ता नवीन सिग्देल, नेपाल तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, जिपी कोइराला फाउन्डेशन कास्की अध्यक्ष यादवराज अधिकारी, महिलानेतृ खेमकुमारी गुरुङ, अन्नपूर्ण ५ का वडाध्यक्ष जीवनाथ पौडेल ‘शंकर’, वडा १ का वडाध्यक्ष भरतजंग कुँवर, वडा ६ वडाध्यक्ष चित्रबहादुर गुरुङ, शिक्षक संघका शिव तिमिल्सिना, वडा इकाइ सभापति इन्द्रप्रसाद सुवेदी, पूर्व डिएसपी गमबहादुर गुरुङ, युवानेता विकास गुरुङ, विजय गुरुङ, कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति मनपति भण्डारी, सचिव कृष्णप्रसाद सुवेदी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७