बैदाम प्रहरीमा महिला इञ्चार्ज

Avatar आदर्श समाज सम्वाददाता
माघ ३, २०७७
chinimaya dsp

पोखरा । वडा प्रहरी कार्यालय बैदामले पहिलो पल्ट महिला इञ्चार्ज पाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) चिनीमाया तामाङले इञ्चार्ज सम्हालेकी हुन् ।

यसअघि काठमाडौंस्थित महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत उनी २ दिनअघि सरुवा भई यहाँ आएकी हुन् ।
धादिङ घर भएकी डिएसपी तामाङ १५ वर्षदेखि प्रहरी सेवामा कार्यरत छिन् ।

सुरुवासँगै आफ्नो कार्यक्षेत्र पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडसमेत भएकोले यस क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताइन् ।

यसअघि बैदाममा यादव ढकाल कार्यरत थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads