पोखराको याम्दीमा जिप दुर्घटना, २ जनाको मृत्यु, ७ घाइते- अपडेट

आदर्श समाज सम्वाददाता
माघ ३, २०७७
accident

पोखरा । पोखराको याम्दीमा शनिबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ घाइते भएका छन् ।

बा१च ७४ १० नम्बरको जिप दुर्घटना हुँदा पोखराका ५० वर्षीय प्रकाश पुन राम्जाली को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । उनका अनुसार मनिपालमा उपचारका क्रममा चित्रा घर्तीमगरको पनि मृत्यु भएको छ।

हेमजाबाट छुटेको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको केसीले बताए ।

दुर्घटनामा घाइते  ७ जनाको सहारा हस्पिटलमा उपचार भइरहेको छ ।

दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width