पोखरा । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयले उच्च बार पोखरा र जिल्ला बार कास्कीलाई पुस्तक हस्तान्तरण गरेको छ ।
परिवर्तित अवस्थामा ऐन कानुनका किताबहरु कानुन व्यवसायीलाई उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको नेपाल बारका उपाध्यक्ष सुरेन्द्र थापामगरले बताए ।
केन्द्रीय उपाध्यक्ष थापामगर र केन्द्रीय सदस्य कल्पना भण्डारीले उच्च बारका अध्यक्ष नारायणप्रसाद पौडेल र जिल्ला बारका उपाध्यक्ष ध्रुवबहादुर खत्रीलाई पुस्तक हस्तान्तरण गरे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तीलक पराजुलीले पढ्ने लेख्ने र बोल्ने काममा पारंगत हुनुपर्ने कानुन व्यवसायीका लागि पुस्तकको अलग्गै महत्व रहेको बताए । उनले भने, ‘पुस्तकहरु प्राप्त भएका छन्, पुस्तक यहि हालतमा नरहून, पढेर पानाहरु पुराना भएर कलमले धर्सा लगाएको भेटियो भने पुस्तकको उपयोग भएको मानिने छ ।’ लिखित कानुनहरुलाई अहिले सनकको भरमा परिमार्जजन गर्ने पद्दति रहेको अहिलेको अवस्थामा कानुन व्यवसायीहरु सशक्त रुपमा उत्रनुपर्ने भनाइ उनले राखे । उनले भने, ‘प्रधानमन्त्रीले सपना देख्नुभयो भने राष्ट्रपतिलाई भनेर अध्यादेश जारी गर्नुहुन्छ, फेरिनुपर्ने विषय बरु पछि फेरिने गरेको छ । ’
उपाध्यक्ष थापा मगरले वौद्घिक ज्ञान व्यावहारिक र व्यावहारिक ज्ञान वौद्घिक हुनुपर्ने बताए । उनले भने, ‘ऐन भनेको ऐना, ऐना एकपटक हेरेर हुँदैन, पटकपटक हेर्नुपर्छ, यसैका लागि पुस्तक उपलब्ध गराइएको हो ।’ न्यायाधीश र वरिष्ठ अधिवक्ता हुनका लागि निशुल्क कानुनी सहायता अनिवार्य रहेको भन्दै यसका लागि पनि प्रचार आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बार कान्सिलका पार्सद मुकुन्दराज अर्यालले काठमाडौं गएर पुस्तक किनेर फर्कंदै गर्दा बाटोमै कानुन परिमार्जन हुने प्रवृत्ति रहेकाले कानुन व्यवसायीले कति पुस्तक किन्ने भन्ने अवस्था आएको बताए । पोखरा उच्च बारका अध्यक्ष नारायणप्रसाद पौडेलले बारमा पुस्तकालय भए पनि त्यसको प्रयोग हुन नसकेको भनाइ राखे ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७