पोखरा । गण्डकी प्रदेश सांसद राजीव पहारीले लेकसाइड क्षेत्रमा सिसी क्यामरा राख्न आवश्यक बजेटमध्ये आधा आफूले सहयोग गर्ने आश्वासन दिएका छन् । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको १९ औं साधारणसभा तथा १० औं अधिवेशन समारोहको उद्घाटन गर्दै सांसद पहारीले उक्त आश्वासन दिएका हुन् ।
पोखराको लेकसाइड क्षेत्र नेपालकै प्रमुख पर्यटकीय केन्द्र रहेको बताउँदै उनले यहाँको शान्तिसुरक्षामा कुनै खलल उत्न्न हुन दिन नहुने बताए । पोखराको जनसंख्या करिब ७ वर्षभित्र दोब्बर अर्थात करिब ५ लाख भइसकेको उल्लेख गर्दै जनशक्ति कम हुँदा सुरक्षा निकायलाई चुनौती रहेको बताए ।
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडाको विकासमा परेका योजना चाँडो सुरु गर्न आग्रह गरे । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले देशभर हाल १ सय ८३ सामुदायिक प्रहरी सेवा रहेकोमा कास्कीका सामुदायिकको कार्य उत्कृष्ट रहेको बताए । उनले विकासका लागि सुरक्षा पहिलो शर्त हो भने । उनले क्षेत्रगतरुपमा फरक फरक प्रकृतिका विकृति विसंगति हुने उल्लेख गरे ।
वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले आफू सरुवा भइ आएको बल्ल २ दिन भएको जानकारी दिँदै शान्तिसुरक्षा र अमनचयन कायम गर्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण लेकसाइड क्षेत्रमा करिब ३० प्रतिशत पर्यटन व्यवसायी पलायन हुन पुगेको बताए । उनले विषम परिस्थितिबीच पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।
बैदाम सामुदायिकका संस्थापक अध्यक्ष मंगल नेपालीले २०५८ सालमा संस्था स्थापना गरिएको स्मरण गराउँदै अहिलेको अवस्थामा आइपुग्दा विकृति विसंगति न्यूनीकरणमा भएको कार्य सह्रानीय भएको बताए ।
कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, सामुदायिक बैदामकी पूर्व अध्यक्ष गोमा ढकाल, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्ष पार्वती पाण्डे, मितेरी नारी आमा समूह अध्यक्ष तारा आचार्य लगायतले बोलेका थिए ।
उक्त अवसरमा पर्यटनसम्बद्ध विभिन्न संघसंस्थामा हालै नेतृत्व सम्हालेका अध्यक्षलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पर्यटन परिषद् पोखरा अध्यक्ष गोपीबहादुर भट्टराई, ओटेफ अध्यक्ष पार्वती पाण्डे, टेवान अध्यक्ष रेनु थापा, टान पोखरा अध्यक्ष सुशील पौडेल, नाट्टा अध्यक्ष सञ्जयकान्त सिग्देल, एगा अध्यक्ष विश्वराज पोखरेल छन् ।
त्यस्तै कार्यकालभरि विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था तथा व्यक्तिविशेषलाई मायाको चिनो प्रदान गरियो ।
संस्थाका सचिव नेत्रलाल भण्डारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै कार्यप्रगति र भावी योजना सार्वजनिक गरेका थिए ।
संस्था अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य ठाकुर बराल र सञ्चालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए । यसैबीच, विधान संशोधन गर्नुपर्ने भएकोले नयाँ कार्यसमितिको लागि तय भएको निर्वाचन स्थगित भएको निर्वाचन समिति संयोजक अधिवक्ता कमल अर्यालले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
hero news full width
मुख्य समाचार
प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७