पुतली एफसीलाई फुटसल उपाधि

आदर्श समाज सम्वाददाता
माघ ३, २०७७
Futsal

पोखरा । पोखरा मालेपाटनस्थित पुतली फुटबल क्लबले प्रथम एमेचर फुटसल एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार लेकसाइड एरिनामा भएको प्रतियोगितामा ओ टु बार एन्ड ग्रीललाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । पुतलीको जितमा अविरल गिरीले २ गोल गरे । टिमका लागि सरोज तामाङ र रोहित नेपालीले १/१ गोल गोल गरेका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनल खेलमा ओ टु बार एन्ड ग्रिलले एभेञ्चर क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । दोस्रो सेमीफाइनल खेलमा पुतली क्लबले सम्पदा अंकित स्पोर्टलाई पराजित गर्दै फाइनलमा ओ टुसँगको भेट पक्का गरेको थियो ।

उपाधि जितेको पुतली फुटबल क्लबले नगद २० हजार रुपैयाँको साथमा ट्रफी र मेडल हात पारे । त्यस्तै उपविजेता ओ टु बारले १० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुतलीका सरोज तामाङले हात पारे । उत्कृष्ट गोलरक्षक पुतलीकै सञ्जय मल्ल घोषित भए उनीहरुले ट्रफी, जर्सी फुड भौचर प्राप्त गरे ।

प्रतियोगिता समापनमा होटल रानीवन आर्केडका सञ्चालक कुश भुजेलले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा ३१ टिमको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width