पुतली एफसीलाई फुटसल उपाधि

Avatar आदर्श समाज सम्वाददाता
माघ ३, २०७७
Futsal

पोखरा । पोखरा मालेपाटनस्थित पुतली फुटबल क्लबले प्रथम एमेचर फुटसल एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार लेकसाइड एरिनामा भएको प्रतियोगितामा ओ टु बार एन्ड ग्रीललाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । पुतलीको जितमा अविरल गिरीले २ गोल गरे । टिमका लागि सरोज तामाङ र रोहित नेपालीले १/१ गोल गोल गरेका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनल खेलमा ओ टु बार एन्ड ग्रिलले एभेञ्चर क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । दोस्रो सेमीफाइनल खेलमा पुतली क्लबले सम्पदा अंकित स्पोर्टलाई पराजित गर्दै फाइनलमा ओ टुसँगको भेट पक्का गरेको थियो ।

उपाधि जितेको पुतली फुटबल क्लबले नगद २० हजार रुपैयाँको साथमा ट्रफी र मेडल हात पारे । त्यस्तै उपविजेता ओ टु बारले १० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुतलीका सरोज तामाङले हात पारे । उत्कृष्ट गोलरक्षक पुतलीकै सञ्जय मल्ल घोषित भए उनीहरुले ट्रफी, जर्सी फुड भौचर प्राप्त गरे ।

प्रतियोगिता समापनमा होटल रानीवन आर्केडका सञ्चालक कुश भुजेलले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा ३१ टिमको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

    • बिटी कपको उपाधि एम टुवेललाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । बुद्धटोल युवा क्लब पोखराद्वारा आयोजित ‘चौथोे वीरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब…
    • म्याराथनमा ह्विल चियर र दृष्टिविहीन दौड

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिवार ह्विल चियर र दृष्टिविहीन महिला तथा…
    • खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन २२, २०७७
      पोखरा । देश द्वन्द्वको चपेटामा थियो । २०५८ वैशाख १ गतेको कुरो हो । खेल जीवनबाट ‘रिटायर्ड लाइफ’ बिताउने क्रममा…
    • आयोजक, कमलपोखरी, एम टुवेल र चाउथे सेमीमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा । चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक सेतो, कमलपोखरी एफसी, चाउथे क्लब…
    • क्रिकेटमा जनकपुर र तनहुँ विजयी

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा । अन्तरक्लब टी–२० क्रिकेट लिगमा जनकपुर र प्यालिकेन्ट्स क्रिकेट क्लब तनहुँ विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा तनुहँले मिक्समाण्डु…

    hero news full width

    sanil ads

    wordlink ads