हेमजा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विदेशी हस्तक्षेपविरुद्घ आवाज उठाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको शनिवार आयोजित सम्मान अर्पण तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले सो कुरा बताएका हुन्।
हालै भारतीय पत्रकारले सगरमाथाको विषयमा उठाएको मुद्दातर्फ संकेत गर्दै उनले त्यसखालको हस्तक्षेपविरुद्घ आवाज उठाउन कलाकारलाई आग्रह गरे । उनले कलाकारिता क्षेत्र बहुआयमिक रहेको भन्दै लोकसंस्कृतिको संरक्षण गर्नुपर्ने खाँचो औंल्याए ।
प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले मरिसकेपछि बाच्ने पेसा कलाकारिता हो । उनले कलाकारको सम्मान संस्कृतिको विकास गरेकोमा प्रतिष्ठान गण्डकीलाई धन्यवाद दिए ।
प्राज्ञ कलाकार हरिदेवी कोइरालाले कलाकार राष्ट्रका गहना हुन् भनिन् ।
कार्यक्रममा प्रतिष्ठान संरक्षक यम गुरुङ, केन्द्रीय सचिव जीवन दाहाल, उद्योग वाणिज्य संघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइराला, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिष्ठान अध्यक्ष सुरेन्द्र गुरुङ, उपाध्यक्ष पूर्ण परियार, सचिव राजन कार्की लगायतले कलाकारबीच आपसी भाइचारा सम्बन्ध विकास गर्नुपर्ने, गण्डक क्षेत्रलाई लोकसंस्कृतिको पनि राजधानी बनाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट गायिका धनकुमारी थापा सम्मानित भए ।
त्यस्तै जिल्ला शाखाअन्तर्गत गोरखा प्रथम, कास्की द्वितीय र स्याङ्जा तृतीय भयो । त्यस्तै लमजुङ र पर्वतलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
त्यस्तै प्रतिष्ठानले उच्च शिक्षा हासिल गर्न सदस्यहरुलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा पूर्ण परियार, राजन कार्की, युवराज भण्डारी र मधु चापागाई छन् ।
आर्थिक सहयोगदाता शेरबहादुर गुरुङ र ले. अर्जुन गुरुङलाई पनि सम्मान गरिएको छ ।
वर्ष उत्कृष्ट पुरुषतर्फ दीपक पौडेल र महिलातर्फ अनिता पन्त सम्मानित भए भने सातौं केन्द्रीय महाधिवेशन सचिवालय र स्वयंसेवक व्यवस्थापन उपसमिति सदस्यलाई पनि सम्मानित गरियो ।
Related News
सम्बन्धित समाचार
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
सजनाको ‘याद’ सार्वजनिक
सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि
विनोद गौचनका गीतकाे म्युजिक भिडियो सार्वजनिक
धनबहादुर गायकको शोक सभा : साधना र सिर्जनाका कारण धनबहादुर गायक अम्मर रहनेछन्
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७