पोखरा । गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । तीमध्ये सबैभन्दा बढी चर्चामा आउने सांसद हुन् राजीव गुरुङ । दीपक मनाङे नामले चिनिएका सांसद गुरुङले तत्कालीन एमालेको समर्थनमा मनाङबाट प्रत्यक्ष चुनाव जितेका हुन् ।
स्वतन्त्र साांसद गुरुङलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गएको वर्ष असार ११ गते आधिकारिक रुपमै नेकपामा प्रवेश गराएका थिए । उनलाई प्रवेश गराएपछि नेकपा सरकार प्रदेशमा २ तिहाइ समर्थनसहितको भयो । नेकपा विभाजित हुने प्रकृयामा रहे पनि गण्डकीमा दाहाल नेपाल समूहले सरकारकाे साथ छाडेका छैनन् ।
अहिले मुख्यमन्त्रीकाे पक्षमा राजीव गुरुङसहित २७ सांसदकाे गणना हुँदै आएकाे छ । दाहाल नेपाल समूहमा १३ जना छन् भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका १५ सांसद छन् । राष्ट्रिय जनमाेर्चाका ३ र जनता समाजवादीका २ सांसद रहेकाेमा जनमाेर्चाले सरकारलाई समर्थन गरेकाे छ ।
अहिले पार्टी विभाजनका बेला उनै सांसद राजीव गुरुङ फेरि चर्चामा छन् । उनी अहिले नेकपाका प्रमुख २ समूहभन्दा भिन्न भएर नेता वामदेव गौतमको अभियानमा लागेका छन् । गौतम अहिले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचन्ड’, माधव नेपाल नेतृत्वको नेकपामा भन्दा अलगै एकता अभियानमा जुटेका छन् ।
स्वतन्त्र रुपमा निर्वाचित भई नेकपा प्रवेश गरेका राजीव गुरुङले आफू पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरेका छन् । बामदेव गौतमले सांसद राजीवलाई फोन गरेर पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरपछि आफू त्यहि अभियानमा लागेको उनले बताए । ‘नेताजी (वामदेव)ले फोन गर्नुभयो र पार्टी एकताको राष्ट्रिय अभियानमा जोडिन आग्रह गर्नुभयो, मलाई पनि नेताजीको यो कुरा साह्रै चित्त बुझ्यो । हुन्छ भनिदिएँ,’ सांसद राजीवले भने ।
पार्टी विभाजनले कसैलाई फाइदा नगर्ने भएकाले आफूले बीचको बाटो रोजेको उनको भनाइ छ । ‘त्यसैले पार्टी एक बनाउन प्रयास गर्दैछु,’ उनले भने । नेता नीतिका लागि भन्दा पनि स्वार्थका लागि फुटेको पनि मनाङेले बताए । स्वार्थ त्यागेर देश निर्माणमा लाग्न दबाब दिने योजना उनको छ । ‘हेर्नुस न, कुर्सीको बाहेक अरु केही झगडा हो र उहाँहरुको ?,’ उनले भने, ‘यस्तो सानो कुरामा पार्टी फुटाउनु हुन्न के ।’
गएको वर्ष असार ११ गते नेकपा प्रवेश गरेका सांसद राजीवको पार्टी कुन हो भन्ने वारेमा प्रदेश सभा सचिवालय भने अनभिज्ञ छ । उनी पार्टी प्रवेश गरेको लिखित जानकारी अहिलेसम्म नेकपाले प्रदेश सभा सचिवालयलाई गराएको छैन । सांसद राजीव नेकपा संसदीय दलको बैठकमा सहभागी हुँदै आएका थिए । प्रदेश सभामा पनि उनी सत्तापक्षकै दीर्घामा बस्छन् ।
Related News
सम्बन्धित समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७