विमलका सामान चाेरेर भाग्ने अनुप ढकाल र सारांश भट्टराई माेरङ प्रहरी कार्यालयमा
पोखरा । पोखरा २० भलामका विमल कार्की योर डिजिटल फोटो गुड्स सेन्टर सञ्चालन गर्छन् । २८ वर्षे कार्कीलाई विराटनगरबाट फोन आयो, विराटनगरमा भव्य फेसन सो हुँदैछ, फोटो खिच्न आइदिनुपर्यो भनेर । त्यति टाढाबाट पनि कामका लागि फोन आयो भनेर उनी मख्ख परे ।
अझ पुस २४ गते इसेवामार्फत् ४ हजार रुपैयाँ पेस्कीसमेत आयो । त्यति भइपछि सामान प्याक गरेर विराटनगर लागे विमल कार्की । २५ गते विराटनगर पुगेका उनलाई मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरएन होटेल एन्ड लजमा बस्ने प्रबन्ध गरिएको थियो ।
त्यहि होटलको १ सय १४ नम्बर कोठामा फोटोग्राफीका सबै सामान राख्न लगाएर आयोजक टिमले उनलाई खाना खुवाउन भन्दै लग्यो । खाना खुवाउन लगिएको ठाउँ थियो सुनसरीको इटहरीस्थित प्राइम होटलमा ।
विमललाई फोन गरेर बोलाउने व्यक्ति थिए झापाको अर्जुनधारा नगरपालिका ६, महानन्द चोकका २० वर्षे अनुप ढकाल । प्राइम होटेलमा विमललाई अनुपले नै लगेका थिए ।
अनुपले विमललाई खाना खाने ठाउँमै टाप कसे । अनि आरएन होटेलमा विमलले राखेका फोटोग्राफीका सबै सामान उठाएर अनुप फरार भए । टन्न पैसा कमाउँला र विराटनगरतिर पनि घुमौंला भनेर उता पुगेका विमल बल्ल छाँगाबाट खसेजस्तै भए ।
अनि बल्ल विमलले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे । विराटनगर र मोरङका कुनै ठाउँमा फेसन सो को कार्यक्रम राखिएकै थिएन । ठगी गर्नकै लागि विमललाई अनुपले पोखराबाट बोलाएका थिए । फोन नम्बर र अरु गतिविधिका आधारमा मोरङ प्रहरीले माघ १ गते अनुप ढकाललाई पक्राउ गरेको छ । उनलाई साथ दिने झापाकै २० वर्षे सारांश भट्टराई पनि पक्राउ परेका छन् ।
विमलका चोरिएका सबै सामान पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपपी मानबहादुर राईले जानकारी दिए ।
वरामद सामग्री
१. क्यामरा लाइट ब्याट्री ५ थान
२. चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट
३. मेमोरी कार्ड ६ थान
४. ड्रोन १ थान
५. क्यामरा ब्याट्री ६ थान
६. रिफ्लेक्टर १ थान
७. माइक २ थान
८. पावर बैंक ३ थान
९. ट्रिगर २ थान
१०. ब्याट्री चार्जर ६ थान
११. ल्याप टप १ थान
१२. झोला ७ थान
१३. क्यामरा ३ थान
१४. लाइट १ थान
Related News
सम्बन्धित समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
गण्डकीमा खोप भण्डारगृह शिलान्यास
hero news full width
मुख्य समाचार
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७