पोखरा । माछापुच्छ्रे फुल कन्ट्याक्ट करातेको २० औं संस्करण तथा दोस्रो गण्डकी प्रदेशस्तरीय क्योकुसिन कान कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत यो वर्ष काता, दौड, फिजिकल र डेमोस्टेसन प्रस्तुत गरिएको थियो ।
सिनियर ब्ल्याक बेल्ट लेभल एकल पुरुषतर्फ विनोद नेगी पहिलो, सम्राट सेन दोस्रो तथा महिलातर्फ संगम कुमाल पहिलो र प्रिज्मा कुमाल दोस्रो भए ।
समूह महिला कातामा संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम, प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली दोस्रो भएको संघ अध्यक्ष बेलबहादुर थापाले बताए ।
पुरुष ३ किमी दौडमा सुनिल सिग्देल र शीतल कुमाल क्रमशः पहिलो र दोस्रो भए । महिलातर्फ संगम कुमाल र सदीक्षा कुमाल क्रमशः पहिलो र दोस्रो भए ।
१२ वर्षमुनिका १ सय मिटर दौडमा सोभित प्रत्यल प्रथम, सुशान्त श्रेष्ठ दोस्रो, महिलातर्फ सुआना श्रेष्ठ पहिलो र युइशा श्रेष्ठ दोस्रो भइन् ।
विजयीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले बताए ।
विभिन्न विधामा सय जना खेलाडी सहभागी भएको जानकारी संघ सल्लाहकार दीपक गोदारले दिए । उनका अनुसार प्रतियोगितामा म्याग्दी, स्याङ्जा, तनहँु, गोरखा, कास्की, बागलुङलगायत जिल्लाका खेलाडीले भाग लिएका थिए ।
विगतमा ढुंगेसाघुमा भएको सो प्रतियोगिता कोरोना कहरबीच यसपालि पोखरा रंगशालामा गरिएको संघ अध्यक्ष बेलबहादुर थापाले बताए ।
Related News
सम्बन्धित समाचार
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
आयोजक, कमलपोखरी, एम टुवेल र चाउथे सेमीमा
क्रिकेटमा जनकपुर र तनहुँ विजयी
बिटी कपमा को को विजयी ?
पोखरा सुपर जनरल सेमीमा
hero news full width
मुख्य समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७