तस्बिर : दुर्गाप्रसाद पाैडेल
पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाको शुक्रबार १५ औं साधारण सभा एवं पुरस्कार/सम्मान अर्पण समारोह’ भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभा विघटन भएको कारण लागू हुन नसकेको बताए । ‘मिडिया काउन्सिल विधेयक जतिबेला राष्ट्रिय सभामा आयो त्यो बेला पत्रकार र अरु क्षेत्रबाट पनि आलोचना भएपछि फिर्ता लिनुपर्छ भन्नेसम्म पुगेको थियो’, उनले भने, ‘मैले सबैसँग सल्लाह गरेर सहमति जुटाएपछि सभाबाट पारित भयो तर दुःखको कुरा प्रतिनिधिसभाले अगाडि बढाउनै सकेन ।’
प्रतिनिधिसभा विघटन भएपछि सबै दुख खेर गएको उनको भनाइ छ । आफ्नो कार्यकालमा धेरै विवादित तर सुधारिएर आएको विधेयक प्रतिनिधि सभा विघटनसँगै शून्यमा गएकोमा उनको असन्तुष्टि थियो । उनले पत्रकारको क्षमता वृद्धि र वृत्ति विकासका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न तयार रहेको बताए ।
संसद विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन रहेकोले अहिले नै चुनाव हुँदैन भनी टीकाटिप्पणी गर्न नहुने उनले बताए । उनले भने, ‘संसद विघटनको मुद्दा हाल विचाराधीन रहेकोले चुनाव हुन्छ वा हँुदैन भनी अनावश्यक प्रचारवाजी गर्नु हुँदैन । सर्वोच्च अदालतको फैसलाअनुसार जे निर्णय हुन्छ, सो मान्य गरी अघि बढ्नु पर्छ । यदि सदर ग¥यो भने चुनाव हुन्छ, हुन्छ । चुनाव गर्नै पर्छ । निर्धारित समयमा चुनाव हुनुपर्छ ।’ नेपालको इतिहासमा जनताले पूर्ण कार्यकाल भएको सरकार देख्न नपाउनु र बहुमतको सरकार देशमा ५ वर्ष पनि नटिक्नु विडम्बना भएको उनको टिप्पणी छ ।
पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले कास्की शाखा सधैँ उत्कृष्ट काम गर्ने शाखा रहेको भन्दै प्रशंसा गरे । केन्द्रले कास्की शाखालाई ‘ब्याकबोन’ रुपमा लिएको उनको भनाइ थियो । केन्द्रको विधान अधिवेशन पोखरामा गरिएको स्मरण गर्दै उनले परिमार्जित विधान अनुसार नै आफूहरुले शाखा सञ्चालनमा रहेका जिल्लाहरुमा साधारण सभा गर्न सफल भएको बताए ।
पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघले कोरोना कहरबीच पनि श्रमजीवी पत्रकारको हितमा काम गरेको बताए ।
कार्यक्रममा सांसद एवं पुरस्कारदाता मीना गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, अग्रज पत्रकार माधव शर्मा, प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारी, पुरस्कारदातातर्फबाट प्रकाश केसी, सुवर्ण कोइराला, सरस्वती भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाले महासंघ जिल्ला सचिव रामप्रसाद तिमिल्सिनाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सञ्जय मल्लको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमला भण्डारीले धन्यवाद मन्तव्य र सचिव रामप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए ।
एकै थलोमा पत्रकार सम्मान
महासंघ कास्कीले सञ्चालन गरेका विभिन्न पुरस्कार साधारणसभा अवसरमा एकै थलोमा वितरण गरिएको छ । स्व. सूर्यबहादुर केसीका परिवारजनबाट स्थापित ‘कृति स्मृति वृत्ति सम्मान’ अग्रज पत्रकार नारायण कार्कीलाई प्रदान गरियो । पुरस्कार राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।
यसैगरी, पोखरा पत्रकारिता सम्मान सूर्यप्रेम बहुउद्देश्यीय ट्रस्टलाई प्रदान गरियो भने दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, २०७६ बाट महासंघका केन्द्रीय सदस्य तथा कास्की शाखाका पूर्व अध्यक्ष रामकृष्ण ज्ञवालीलाई अर्पण गरियो । पुरस्कार राशि ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।
यस्तै, गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार, २०७७ आदर्श समाज दैनिक तथा इआदर्श डटकमका सम्पादक भरत कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७६ कमल पौडल अथक र २०७७ बाट मोतीसागर अधिकारी, मीना सिर्जनशील पत्रकारिता पुरस्कार रोशनी गुरुङ र आर्थिक पत्रकारिता पुरस्कारबाट गोविन्द सुवेदीलाई दिइयो । सबै पुरस्कार राशि २० हजार छ । ११ हजार १ सय ११ रुपैयाँ राशिको जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार, २०७६ अर्जुन गिरी र २०७७ भीम थापालाई प्रदान गरियो ।
महासंघका कार्यसमिति सदस्य कृष्ण दवाडीलाई उत्कृष्ट कार्यसमिति सदस्य र कार्यालय सहयोगी जगतबहादुर कार्कीलाई जनही १० हजारसहित दीर्घसेवा सम्मान प्रदान गरियो ।
Related News
सम्बन्धित समाचार
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७