पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् ।
थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो (गाई वर्ग)को अवसरमा तीन गाउँले थकाली सेवा समाजले बिहीबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको उल्लेख गरे ।
राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि आफूले कैयन यातना सहेको भन्दै प्रदेश प्रमुख शेरचनले भने, ‘धमिलो पानीमा माछा मार्न सकिन्छ यो बेला भनेर कसैले सपना देखेको छ भने त्यसलाई तपाईं हाम्रो आम नेपालीको एकताले पराजित गर्नुपर्छ, निस्तेज पार्नुपर्छ ।’ नेपालका सबै जातजाति र समुदायको एकताले मात्र राष्ट्रियता बलियो हुने बताउँदै उनले कुनै पनि किसिमको विदेशी हस्तक्षेप सार्वभौम देशका लागि सह्य नहुने उल्लेख गरे ।
प्रदेश प्रमुख शेरचनले आदिवासी जनजातिका भाषा, धर्म, संस्कार र संस्कृतिको विकासमा राज्यले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । असमानता र विभेदका विरुद्ध धेरै आन्दोलन भएको बताउँदै उनले समानताको आधारमा आदिवासी जनजातिका भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणमा राज्यको ध्यान जानुपर्ने धारणा व्यक्त गे । प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले ३ गाउँले थकाली समुदायको थातथलो रहेको मुस्ताङको विकासका लागि आफूले उच्च महत्वका साथ पहल गरेको दाबी गरे ।
उक्त अवसरमा संविधानसभा सदस्य श्रीमाया थकाली, गण्डकी प्रदेशसभाको विधायन समिति सभापति मोहन रेग्मी, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गणेशलाल थकाली, गण्डकी प्रदेश अध्यक्ष खेम पुन, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तीन गाउँले थकाली सेवा समाजका पूर्व अध्यक्ष वसन्त थकाली, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, तीन गाउँले थकाली युवा समाजका अध्यक्ष सञ्जोग भर्ती थकाली र संस्कृतिकर्मी श्यामप्रसाद भर्ती थकालीले शुभकामना मन्तव्य व्यक्त गरे ।
तीन गाउँले थकाली सेवा समाजका अध्यक्ष क्षेत्रबहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विक्रम थकाली र पूर्व अध्यक्ष नरकुमार थकालीले स्वागत मन्तव्य व्यक्त गरे। कार्यक्रममा थकाली संस्कृति झल्किने नृत्यहरू समेत प्रस्तुत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
कोप्स कास्कीमा धर्मराज
बिटी कपको उपाधि एम टुवेललाई
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७