पोखरा । नेपाल मगर संघ कास्कीले बुधबार विविध कार्यक्रम गरेर माघे सकराटी पर्व मनाएको छ । संघ कास्कीका अध्यक्ष संगीता पुनमगरको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्व केन्द्रीय झकबहादुर थापाले नेपाल बहुल जातजाति, सांस्कृतिक विविधता भएको देश भएकाले माघे सकराटीलाई सबैले आआफ्नै विधिले मनाउनु पर्ने बताए । उनले मगरहरुकै सांस्कृतिलाई धरापमा मारेर सार्वजनिक बिदा कटौती नगर्नसमेत अनुरोध गरे ।
तमु धिं नेपालका अध्यक्ष हुम तमुले अहिले पनि जातीय विभेद कायम रहेको बताउँदै जातीय विभेद भनेको सबैको साझा मुद्दा भएकाले यसकाविरुद्ध सबै आदिवासी जनजाति लाग्नुपर्ने बताए ।
अध्यक्ष संगीता पुनमगरले राज्यले मगरको मौलिक पर्व माघे सकराटीमा क्यालेन्डर नै बनाएर सार्वजनिक बिदा दिनुपर्ने बताइन् । माघे सकराती मगरहरुको पितृ पूजक प्राकृतिक पर्व भएकाले यसको संरक्षण र संबद्र्धनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नेपाल मगर समिति गण्डकी इन्चार्ज खेमबहादुर पुन मगरले वस्तुगत नीतिको कमजोर विश्लेषणले मगर भाषाको विद्यालय पाठ्यक्रममा नसमेटिएको बताए ।
कार्यक्रममा बुद्धिमाया थापामगर, नेपाल मगर संघ महिला समितिका अध्यक्ष नुनु रानामगर, आदिवासी जनजाति महासंघका अध्यक्ष धर्म तमु, केन्द्रीय मगर विद्यार्थी नेता प्रेम रोकामगर, अधिवक्ता सुरेन्द्र थापामगर, देउकुमारी थापा, पुष्पा पुन, माया थापालगायतले भनाइ राखे । उक्त अवसरमा कौरा नृत्य प्रस्तुत गरिएको थियो ।
यसैगरी नेपाल मगर संघ रामबजार ईकाइ समिति कास्कीले पनि विविध कार्यक्रम गरेर माघे सकराटी पर्व मनाएको छ ।
Related News
सम्बन्धित समाचार
विसं २०७८ मा तीन दशैँ
गलेश्वर मन्दिर पित्तलले छाइने
‘एक साँझ शिवका माझ’
विसं २०८० ‘कालिका दर्शन वर्ष’
आज सोनाम ल्होसार, सरकारले दियाे बिदा
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७