सुलभको डिपार्टमेन्टल स्टोर्सकाे स्कुटर दीपक आचार्यलाई

आदर्श समाज सम्वाददाता
माघ १, २०७७
sulav

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबाट वम्पर उपहार विजेता दीपक आचार्यलाई बिहीबार स्कुटरको चापी हस्तान्तरण गर्दै । लेकसाइडस्थित सुलभ डिपार्टमेन्टल स्टोर्सले दसैंतिहारको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमअन्तर्गत कुपन नम्बर ७५७० का आचार्यले र स्कुटर प्राप्त गरे । तस्बिरः जमुनावर्षा शर्मा/रासस

पोखरा । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित सुलभ डिपार्टमेन्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि दसैैं तिहार उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।

प्रथम पुरस्कारमा टिभिएसको स्कुटर लेकसाइडका दीपक आचार्यले जितेका छन् । स्कुटर जितेका आयार्यलाई पोखरा महानगरका मेयर मानबहादुर जिसी, सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराई, उपाध्यक्ष विप्लप पौडेल, पोखरा ६ का अध्यक्ष जगत पहारी लगायतले स्कुटर हस्तान्तरण गरे ।

द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर ६१२७ लाई परेको छ । तेस्रो पुरस्कार फ्रिज कुपन नम्बर २००८६ लाई परेको छ । चौथो पुरस्कार एलइडी टेलिभिजन कुपन नम्बर १८७५२ लाई, पाचौं पुरस्कार माइक्रो वेभ ओभन कुपन नम्बर १४९९८ लाई परेको संस्थका सचिव लक्ष्मण बराले जानकारी दिए ।

त्यसै गरी सान्त्वना पुरस्कार ५४२०, ३३७१, १२१२८, १४१३८, १२०३, २०९४९ कुपन नम्बरलाई परेको उनले जानकारी दिए ।

११ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र सम्पूण घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width