प्रवद्र्धनात्मक भ्रमणमा पत्रकार

आदर्श समाज सम्वाददाता
माघ १, २०७७
dhorpatan

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पर्यटन पुनर्जागरणका निम्ति पर्यटन प्रवद्र्धन कार्यक्रम गरेको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा भएको सो कार्यक्रम गण्डकी प्रदेशको नवलपुरबाट सुरु भइ पोखराहुँदै बागलुङ ढोरपाटनसम्मको यात्रा तय गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारको टोलीले प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणसहित स्थानीय र सरोकारवालासँग कोरोना कहरपछिको अवस्था र अबको समाधान खोज्नेक्रममा अन्तक्र्रियासमेत गरेको थियो ।

महासंघ गण्डकी उपाध्यक्ष नारायण शर्माको स्थानीय संयोजनमा भएको यात्रा महासंघ बागलुङमा अन्तक्र्रिया गर्दै समापन भएको शाखा अध्यक्ष दिल श्रीसले बताए । टोलीले बागलुङको पर्यटकीय गन्तव्य पन्चकोटहुँदै नेपालको एक मात्र सिकार आरक्षण ढोरपाटनका अवलोकन गरेको महासंघ महासचिव गणेश पौडेलले बताए ।

यस्तै, ताराखोला गाउँपालिकाको स्थलगत अवलोकन गरी स्थानीयसँग साक्षात्कार गरेको थियो । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगर लगायत पदाधिकारी र स्थानीयले सो पालिकाको पर्यटन विशेषताको बारेमा जानकारी दिए ।

पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले कोरोना महामारीका कारण सृजित अप्ठेरो पहिचानसहित निराकरण उपाय खोज्दै पुरानै लयमा फर्काउनु सबैको कत्र्तव्य भएकोले सो कार्यक्रम गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width