Worldlink ads

पोखरा ७ को वडा कार्यालय शिलान्यास

Avatar आदर्श समाज सम्वाददाता
माघ १, २०७७
wada 7 photo 1

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन बन्ने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।

दुई रोपनी ६ आना क्षेत्रफलमा बन्ने सुविधा सम्पन्न कार्यालयको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले संयुक्त रुपमा शिलान्यास गरे । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्क्सन प्रालिले ठेक्का पाएको छ । अहिले वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले सेवा प्रवाहलाई व्यवस्थित र नागरिकलाई सहज रुपमा सेवा पु¥याउने उद्देश्यले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले पोखरा महानगरपालिका विधि र कानुनको पालना गर्दै आफ्नो भिजन र मिसन अनुसार अगाडि बढेको जानकारी गराए । मेयर जिसीले विकास र परिर्वतन रातारात सम्भव नहुने भन्दै पोखरा महानगरबासीमा आसा र विश्वास लगाउने गरी काम गर्न आफू लागि परेको बताए ।

उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताउनुभयो। वडा कार्यालय निर्माण गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने भन्दै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् । वडा कार्यालय निर्माणमा नागरिकहरुले निगरानी र खवरदारी गरेर समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् । गुरुङले कोरोना भाइरसका कारण विकासका आयोजना प्रभावित भएको समेत बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यालय भवन निर्धारित सयममै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गदै कर्मचारीभित्र र सेवाग्राही बाहिर हुने अवस्थाको अन्त्य गर्ने गरी कार्यालयहरुको डिजाइन गर्न इन्जिनियरहरुलाई निर्देशन दिए ।

वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमममा नेकपा वडा नम्बर ७ का अध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली कांग्रेसका वडा सभापति नवीन बराल, महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वडा सदस्यद्वय प्रभा पन्त र किशोर बराल लगायतले
बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • बैदाम प्रहरीमा महिला इञ्चार्ज

      Avatar आदर्श समाज सम्वाददाता माघ ३, २०७७
      पोखरा । वडा प्रहरी कार्यालय बैदामले पहिलो पल्ट महिला इञ्चार्ज पाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) चिनीमाया तामाङले इञ्चार्ज…
    • उच्च र जिल्ला बारलाई पुस्तक

      Avatar आदर्श समाज सम्वाददाता माघ ३, २०७७
      पोखरा । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयले उच्च बार पोखरा र जिल्ला बार कास्कीलाई पुस्तक हस्तान्तरण गरेको छ । परिवर्तित…
    • लेकसाइडमा सिसी क्यामरा राख्न सांसद पहारीले सघाउने

      Avatar आदर्श समाज सम्वाददाता माघ ३, २०७७
      पोखरा । गण्डकी प्रदेश सांसद राजीव पहारीले लेकसाइड क्षेत्रमा सिसी क्यामरा राख्न आवश्यक बजेटमध्ये आधा आफूले सहयोग गर्ने आश्वासन दिएका छन्…
    • पत्रकार महासंघ कास्कीकाे साधारण सभा, १० पत्रकार सम्मानित

      Avatar आदर्श समाज सम्वाददाता माघ २, २०७७
      पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाको शुक्रबार १५ औं साधारण सभा एवं पुरस्कार/सम्मान अर्पण समारोह’ भएको छ । कार्यक्रम…
    • बौरिँदै पोखराको पर्यटन

      rss रासस माघ २, २०७७
      पाेखरा ।  राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया…

    hero news full width

    sanil ads

    wordlink ads