बार्सिलोना सुपर कोपाको फाइनलमा

Avatar एजेन्सी
माघ १, २०७७

काठमाडौं ।  रियस सोसिडाडलाई हराउँदै क्याटलोनियन क्लब बार्सिलोना सुपरकोपा–डि स्पानाको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न खेलको निर्धारित समयमा बराबरी भएपछि टाईब्रेकरबाट सोसिडाडाई ३–२ गोलले हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो।

प्रतिस्पर्धात्मक खेलको ३९ औं मिनेटमा गोल गर्दैै बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो। तर ५१ औं मिनेटमा सोसिडाडका माइकेल ओयरजबलले पेनाल्टीमार्फत् गोल गरेपछि भने खेल बराबरीमा आयो।

निर्धारित ९० मिनेटपछि थपिएको अतिरक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा लिइएको हो।

जहाँ बार्सिलोनाले ३ गोल गर्न सफल भयो भने सोसिडाडले २ गोल मात्र गर्यो। लगातार तीन पेनाल्टी सेभ गरेका बार्सिलोनाका किपर टेर स्टेगेन म्यान अफ दि म्याच बने।

अब बार्सिलोनाले फाइनलमा रियल मड्रिड र एथ्लेटिक क्लबको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। रियल र एथ्लेटिकबीच दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ।