स्पर्स लघुवित्तले साढे २० प्रतिशत लाभांश दिने

आदर्श समाज सम्वाददाता
माघ १, २०७७
sparsha lghubitta agm photo

पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई साढे २० प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाका सञ्चालक समिति अध्यक्ष प्राडा सुशीलभक्त माथेमाको सभापतित्वमा सभा भएको हो । साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आव.२०७७०/७८ का लागि लेखापरीक्षकको नियुक्ति, गत आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १.०२ प्रतिशतका दरले हुन आउने रकम ९ लाख ६२ हजार १ सय ५२ रुपैयाँ नगद लाभांश वापत (बोनश शेयरको कर प्रयोजनका लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी हाल कायम चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार १ सय ९० रुपैयाँको १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ८० हजार ८ सय ९७ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १ कित्ता सेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०.९० कित्ता सेयर दिने गरी सेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ । नायब प्रबन्धक सुदिप आचार्यले सञ्चालन गरेको सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width