पाेखराकाे फर्निचरमा काम गर्ने सुरेश कोइराला सुतेको ठाउँबाट उठेनन्

आदर्श समाज सम्वाददाता
पौष २९, २०७७
Death-List-Toe-Tag

पाेखरा । पोखराको लामाचौरको एक फर्निचर उद्योगमा काम गर्ने ३२ वर्षे सुरेश कोइराला बुधबार बिहान मृतावस्थामा भेटिएका छन् ।

गोरखाका कृष्णबहादुर माजकोटीले सञ्चालन गरेको फर्निचर उद्योगमा उनी काम ब्लकले बनेको कोठामा चुकुल लगाएर मंगलबार साँझ सुतेका थिए ।

बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको उपस्थितिमा ढोको फोरेर हेर्दा कोइराला मृतावस्थामा भेटिएको र घटनाबारेमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width