पोखरा । हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’ मार्फत गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले गीति भिडिओ सार्वजनिक गरे ।
उनले प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाको सत्कर्मले नयाँ सन्देश दिएको बताए ।
पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले प्रकृति संरक्षणको अभियानमा लागेका युवाले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताए ।
कार्यक्रममा संस्थाको साप्ताहिक सफाइ अभियानलाई हौसला प्रदान गर्दै कुसुमकृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले ५ हजार तथा मास्क सहयोग गरेका थिए ।
कार्यक्रममा सांसद गुरुङका स्वकीयसचिव रोनित गुरुङ, हिल हिमालयजका अध्यक्ष रोशन गुरुङलगायतले बोलेका थिए ।
गीतमा संस्थाका सफाइ अभियन्ता आर्सन क्षत्रीको शब्द तथा स्वर छ । साइमन तझ्याले संगीत भरेको उक्त गीति भिडिओको निर्माण लेबल नेक्स्टले गरेको हो ।
संस्थाले सरसफाइअन्तर्गत २८ औं श्रृंखला पूरा गरेको छ । जसबाट ४१ हजार केजी बढी फोहोर संकलन भएको संस्थाका सदस्य विश्वास गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
यो दाजुको मिरमिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाख
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
नेपाल स्टारकी फाइनालिस्ट एलिनाको कन्सर्ट
एलिनालाई नेपाल स्टारको ताज पहिराउन अभियान
नेपाल स्टारको फाइनालिष्ट एलिना गुरुङलाई पोखरामा भव्य स्वागत
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७