फेवा सहकारीमा चन्द्रबहादुर

आदर्श समाज सम्वाददाता
पौष २९, २०७७
fewa sahakari 2

पोखरा । फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको २१ औ वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले क्या.चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।

समिति उपाध्यक्षमा सम्मरबहादुर श्रेष्ठ, सचिव दिलबहादुर भट्टराई, कोषाध्यक्ष शेरकाजी गुरुङ र सदस्यमा रामकाजी गुरुङ, पूर्णभद्र अधिकारी, किरण वैध विजुक्छे, सरस्वती देवकोटा र योगराज पौडेल निर्विरोध निर्वाचित भए ।

लेखा समिति संयोजकमा सगुन कोइराला तथा सदस्यमा कृष्णप्रसाद तिमिल्सिना र कुलराज शर्मा निर्विरोध भएको
निर्वाचन समिति सदस्य भीम गुरुङले जानकारी दिए ।

निर्वाचनमण्डल संयोजकमा नारायणप्रसाद भट्टराई तथा सदस्यमा भोजराज घिमिरे र भीम गुरुङ थिए ।

गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका रजिष्ट्रार प्रेमप्रसाद ढकालले उद्घाटन गरेको कार्यक्रममा संस्थामा स्थापनादेखि कारोबार गर्ने

८७ वर्षीया हकुली जलारी, उत्कृष्ट सदस्यमा लक्ष्मीप्रसाद पौडेल र कोपिला कुमाललाई सम्मान गरियो ।

यस्तै, पोखरा उद्योग वाणिज्य संघमा महासचिव निर्वाचित सुरेन्द्रमान बिजुक्छेलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रबन्धक नरेश पाण्डे, शेयर सदस्य तथा सम्मानित शान्ति बराल लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकारी उपाध्यक्ष एवं कार्यक्रम संयोजक सम्मरबहादुर श्रेष्ठ र सञ्चालन संस्थाका सहायक प्रबन्धक जगन तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width