पोखरा । सृजना विकास केन्द्रको अधिवेशनबाट इन्द्रप्रसाद पौडेल सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । संस्थाको मंगलबार पोखरामा भएको ४३ औं वार्षिक साधारणसभा तथा २१ औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महासचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ र कोषाध्यक्षमा कृष्णमान ठुसाजू चयन भए ।
सदस्यहरूमा सुशील विजुक्छे, दानबहादुर गुरुङ र अशोक श्रेष्ठ छन् । अधिवेशन सम्पन्न गर्न वीरबहादुर अधिकारी संयोजक, राजु पौडेल र एकनारायण अर्याल सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो ।
अधिवेशन उद्घाटनपछि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । प्रदेश प्रमुख शेरचनले राष्ट्रिय एकता र सहमतिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने तर्क राखे ।
देशमा विकसित अहिलेको घटनाक्रमले आफूलाई दुःखी तुल्याएको भन्दै उनले सबैलाई एकताबद्ध बनाएर जान सके मात्र राष्ट्रियताको रक्षा गर्न सकिने धारणा राखे ।
एक अर्को प्रसंगमा उनले नेपालको गरिबीको प्रमुख दुश्मन भ्रष्टाचार र कमिसनतन्त्र रहेको बताए । देशमा व्याप्त भ्रष्टाचार समाप्त पार्न कडा कानुनको आवश्यकता रहेको प्रदेश प्रमुख शेरचनको भनाइ थियो ।
कार्यक्रममा सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बर केसी, नेपाल रेडक्रस सोसाइटी, कास्कीका सभापति डोलराज पाण्डे, राजनीतिज्ञ सोभियतबहादुर अधिकारी, पोखरा–८ का पूर्व वडाध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, समाजसेवी परशुराम बराल र राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंले समाजमा सृजना विकास केन्द्रले पु¥याएको योगदानबारे चर्चा गरे ।
केन्द्रका निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष इन्द्रप्रसाद पौडेलले स्वागत र महासचिव राधिका रेग्मी तथा सचिव चन्द्र गिरीले सञ्चालन गरेका थिए । केन्द्रको साधारणसभाले महासचिव राधिका रेग्मी र कोषाध्यक्ष कमलादेवी गिरीद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
Related News
सम्बन्धित समाचार
बिट बनाएर प्रहरीलाई हस्तान्तरण
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७