वालिङ । वालिङको वडा १४ लाई टुक्राएर २ वटा कायम गरिने भएको छ । वालिङ नगरपालिकाको नवौं नगरसभाबाट वडा १४ लाई टुक्राएर २ वडा कायम गर्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।
नगरसभामा वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठले वडालाई विभाजन गरी २ वटा वडा कायम गर्न निर्णयार्थ पेस गरेकोमा सभाले सर्वसम्मत सो प्रस्ताव पारित गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए ।
अन्य वडाको तुलनामा वडा १४ भौगोलिकरुपमा ठूलो र विकट भएको, स्रोतसाधनको असुविधा भएको लगायतका कारण छुट्टै वडा कायम गर्न माग गर्दै प्रभावित क्षेत्रका १ हजार ६ जनाको हस्ताक्षर तथा भेलाले निर्णय गरी वडामा र वडाले नगर कार्यपालिकामा बुझाएको नगर प्रवक्ता काफ्लेले बताए ।
वडाका २५ वटा टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवीको भेलाले पुस १० गते वालिङ नगरपालिकाको साविकको वडा १०, साविक थुमपोखरा गाविसको वडा ९ कोखे टोल र साविकको कालिकाकोट गाविसको वडाको हुग्दी टोललाई समावेश गरी थप वडा कायम गर्ने निर्णय स्थानीय वडाबासीले गरेका वडा १४ का वडाध्यक्ष श्रेष्ठले बताए ।
‘एउटै वडा हुँदा क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो भई सेवाग्राहीहरुको पहुँचमा भएको थियो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘संघीयताको मर्मअनुसार जनतालाई घरदैलोमा नै विकास कार्य, सरकारी सेवा सुविधा पु¥याउनकालागि पनि वडा विभाजन गर्नुको विकल्प छैन ।’
वडाको केन्द्र अपायक स्थानमा रहेको, विकास निर्माणका काममा सम्बन्धित निकायबाट प्राप्त हुने स्रोत भौगोलिक क्षेत्रको आधारमा न्यून तथा अपूग हुन गएको, विकास निर्माणको काममा स्रोत वितरणको समानरुपमा हुन कठिनाइ भएको, सरकारी सेवासुविधाका लागि जनसंख्या चाप बढी भएको स्थानीय वडाबासीले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
प्रस्तावित क्षेत्रका जनताको भाषिक, सामाजिक तथा सांस्कृतिकरुपमा समानता भएको, वडाको सबै भौगोलिक क्षेत्रमा राजनीतिक नेतृत्वको पहुँच समान र आवश्यकरुपमा पुग्न कठिनाइ भएको र वडाको सबै क्षेत्रका जनताको दैनिकी सञ्चालनका लागि अत्यन्तै आधारभूत सेवासुविधासमेत पुग्न कठिनाइ भएको महसुस गरी सरकोरवाला जनताको संकलित हस्ताक्षर, भेलाले गरेका निर्णय, प्रस्तावित भौगोलिक क्षेत्रको नक्सासहित यसअघि नगर प्रमुख दिलीपप्रताप खाँणसमक्ष निवेदन पेश गरिएको थियो ।
नगरले पारित गरेको निर्णय गण्डकी प्रदेशसभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने नगर प्रमुख खाँणले बताए । ‘अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो भएकाले पनि सो वडालाई अन्यको तुलनामा नगरबाट धेरै रकम विनियोजन गरिँदैआएको छ,’ नगर प्रमुख खाँणले भने ।
यसैबीच, नगरसभामा नगर उपप्रमुख कल्पना तिवारीले पेश गरेको आर्थिक ऐन, २०७७ मा अनुसूची थप गरी करको दर निर्धारणसम्बन्धी प्रस्ताव, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक गीता रणपालले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७, न्यायिक समिति संयोजक कल्पना तिवारीले प्रस्तुत गरेको न्यायिक समितिको कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७, योजना तथा बजेट तर्जुमा समिति संयोजक कल्पना तिवारीले प्रस्तुत गरेको आव २०७७÷०७८ को स्वीकृत वार्षिक बजेट पूजीँगततर्फ योजनागत बजेट रकमान्तर, उपप्रमुख तिवारीले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पारित गरेको छ ।
Related News
सम्बन्धित समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७