पोखरा । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको आरोप लगाएका छन् । पार्टी एकीकरणको समयमा सबैभन्दा पहिले समाजवादउन्मुख जनताको जनवादमा हस्ताक्षर गरेर ओलीले जवज परित्याग गरेको प्रचण्डको आरोप छ ।
‘मैले प्रत्यक्ष हेरेको छु । जवज परित्याग गर्ने माधव नेपाल होइन, केपी ओली नै हो । मदन भण्डारीको लाइन छोड्ने केपी ओली हो । म आधिकारिकरुपले, प्रमाणीत रुपले र दृढताका साथ भन्न सक्छु,’ उनले भने, ‘पार्टी एकीकरण समयमा जनताको जनवाद र बहुदलीय जनवादमा छलफल भयो । माधवजीले कुनै न कुनै हिसाबले राख्नुपर्छ भन्नुभएको थियो । केपी ओली र म बसेर छलफल गर्दा जवज र मदन भण्डारीलाई छोडेर समाजवादउन्मुख जनताको जनवादमा सबैभन्दा पहिले हस्ताक्षर गर्ने ओली नै हुन् ।’
ओलीले प्रधानमन्त्री पाउनमात्रै राजनीतिक सौदावाजी चलाएको उनको तर्क छ । ‘पार्टीभित्रको विवाद देखाएर संसद भंग गर्न मिल्छ ? चुनौती दिएर भन्छु, उहाँ खण्डन गर्न सक्नुहुन्छ ? हास्यव्यङ्ग्य गरेर, मान्छेलाई प्रहसन गरेर उल्लु बनाउँछु भन्ने ठान्नुभएको छ ? हजारौंको त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ ? जनतालाई भेँडा ठान्नुभएको छ ? तपाईं हो गणतन्त्र सम्भव छैन भन्ने, हामी होइन,’ ओलीलाई प्रचण्डले भने । उनले हालका भेला र प्रशिक्षण जीवनमरणको संघर्षका रुपमा व्याख्या गरेका छन् । ‘भेला, प्रशिक्षण, कुनै प्रहसन होइन । हास्यव्यङ्ग्य होइन,’ ओलीप्रति व्यङ्ग्य गर्दै उनले भने, ‘विचार विमर्श गर्न जुटेका हौं । हाम्रा लागि जीवनमरणको संघर्ष सँग यो सम्बन्धित छ ।’
उनले आफै संस्थापन पक्ष भएको दाबी दोहो¥याए । ‘निर्वाचन आयोगले निष्पक्ष गर्छ भन्ने विश्वास लिएर आएका छौं । नेकपा हाम्रै हुन्छ, सूर्य चिह्न हाम्रै हुन्छ,’ उनी भन्छन्, ‘दुनियाँका कुनै तागतले त्यसलाई हामीबाट खोस्न सक्दैन । खोस्यो भने आँधीहुरी बतास ल्याउँछौं ।’ माओवादी आन्दोलनमा लागेकाले ओली समूहलाई समर्थन गरेको भन्दै उनले धेरै दिन टिक्न नसक्ने बताए । उनले आफुमाथी बढी प्रहार भएको सुनाए । माधव नेपाल ओलीभन्दा हजार गुणा क्रान्तिकारी र इमानदार भएको बताए । यस्तै, उनले सर्वोच्च अदालतले संविधानअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरे ।
प्रचण्ड–नेपाल समूहकै अर्का अध्यक्ष माधवकुमार नेपालले चम्किलो सूर्य संस्थापन पार्टीसँगै रहने बताए । २०४८ सालमा आफू निर्वाचन परिचालन कमिटीको संयोजक हुँदा सूर्य चिह्न आफैले ल्याएको भन्दै त्यो अरुले खोस्न नसक्ने उनको दाबी छ । ‘अहिलेको सूर्य चिह्न हाम्रो हो । यो अरुले लान सक्दैन,’ उनले भने, ‘अब ओलीले अस्ताउँदो सूर्य लिनुहुन्छ भने हाम्रो भन्नु केही छैन ।’ केपी ओलीको एकलकाटे शैलीका कारण पार्टी कमजोर बनेको नेपालको आरोप छ । ‘वहाँले शक्ति केन्द्रिकरण गर्नुभयो । केपी ओलीको पुरानै प्रवृत्ति हो । एकलकाटे प्रवृत्ति हो । गुटवादी प्रवृत्ति हो । त्यही प्रवृत्ति झाँगिदै गयो । एकताको प्रक्रियामा देखिन थाल्यो,’ नेपालले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको समूहलाई उनले फाउन्डेसनको टीका लगाइदिएका छन् । उनले ओलीमा कम्युनिष्ट निष्ठा नरहेको आरोपसमेत लगाए ।
देश उखान टुक्काले नबन्ने भन्दै नेपालले ओलीसँग समाज रुपान्तरणको स्पष्ट खाका नभएको बताए । ‘पार्टी चलाउनु छैन । आन्दोलन हाँक्नु छैन । समाजको रुपान्तरण गर्नु छैन । त्यसो हुनाले वहाँबाट देशको हित र कल्याण हुन्छ भन्ने भ्रम नपाले हुन्छ,’ उनले थपे, ‘उखान टुक्काले देश बन्दैन ।’
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधानमाथि आक्रमण गरेको बताए । ‘संसद विघटन यो असंवैधानिकमात्रै होइन, अलोकतान्त्रिक, प्रतिगामी र निरंकुश छ । त्यस विरुद्ध संघर्ष गर्नुपर्ने अवस्थामा आइपुगेका छौं,’ उनले भने, ‘ओलीले परिवर्तनमाथि आक्रमण गर्नुभएको छ । संविधानको उल्लंघन गर्नुभएको छ ।’ प्रचण्ड नेपाल समूहका गण्डकी इन्चार्ज देवेन्द्र पौडेलले चुनावको लागि ओलीले दिएको चुनौती स्वीकार्ने बताए । ‘केपी ओलीले चुनौती दिएका छन् । यो चुनौती स्वीकार छ । २ वर्षभित्र सबैभन्दा ठूलो शक्ति बनाउने छौं,’ उनले भने, ‘दुईचार वटा वडा जितेर देखाउनुस्, मेरो चुनौती छ ।’
भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट अगुवा नेता कार्यकर्ता सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
सिनेमा संवाद @ घान्द्रुक
सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
hero news full width
मुख्य समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७