यसपालिकाे एनसेल बाह्रखरी गल्फ पाेखरामा

आदर्श समाज सम्वाददाता
पौष २८, २०७७
Ncell Baahrakhari Golf PR (1)

पोखरा । कोरोनाका कारण थलिएको पोखराको पर्यटन व्यवसाय प्रवद्र्धनमा सघाउन बाह्रखरी मिडिया प्रालिले यस वर्षको ‘एनसेल बाह्रखरी गल्फ प्रतियोगिता’ पोखरा ल्याएको छ ।

विभिन्न भागमा हुँदै आएको सो प्रतियोगिताको चौथो संस्करण हिमालयन गल्फ कोर्समा आगामी माघ २३ देखि २५ सम्म हुने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडिया प्रालिका प्रधानसम्पादक प्रतीक प्रधानले जानकारी दिए ।

उनले कोभिड–१९ ले संसारकै पर्यटन क्षेत्र आक्रान्त परेको बेला नेपालको पर्यटन क्षेत्र पनि अछूतो नरहेको र त्यसमाथि पनि पर्यटकको राजधानी पोखरामा निकै प्रभावित बनेकोले यसपालिको संस्करण पोखरा ल्याइएको बताए । प्रतियोगितामा सहभागी हुने गल्फर तथा पाहुनाहरुलाई पोखरा क्षेत्रको पर्यटनको पुनरुत्थानको लागि विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराइने योजना पनि छ । यस्तै, माघ २३ मा हल्ल्नचोकदेखि हिमालयन गल्फ कोर्स मझेरीपाटनसम्म साइकल ¥याली गरिनेछ ।

प्रतियोगितामा ७२ जना गल्फरले भाग लिनेछन् । मुल प्रतियोगिता दोस्रो दिन अर्थात् माघ २४ गते हुनेछ । कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका अलराउन्ड विजयीले साढे १ तोलाको सुनको गल्फ बल पुरस्कार प्राप्त गर्नेछ भने फस्ट रनरअप, महिलातर्फ विजेता र उपविजेतालाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने बाह्रखरी मिडिया प्रालिका प्रबन्ध सम्पादक राजेश केसीले जानकारी दिए ।

काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, धनगढीका कर्पोरेट लिडर तथा गल्फरलाई प्रतिष्पर्धामा सहभागी गराई गल्फ खेलमार्फत यहाँको पर्यटनमा टेवा पु¥याउने आयोजकको लक्ष्य छ । आयोजकले पोखरा घुम्न आउने २ सय बढी पाहुनालाई आफ्नै खर्चमा यस क्षेत्रको मनोरम दृश्य अवलोकनको लागि कैलास हेलिकोप्टर्स, अल्टिच्यूड हेलिकोप्टर्स र प्रभू हेलिकोप्टर्समार्फत विशेष छुटको व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै, अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, वञ्जी जम्प, ¥याफ्टिङ, डुंगा सयरको व्यवस्था पनि छ । उपस्थित पाहुनालाई यहाँका १६ बढी होटलमा बस्ने व्यवस्था मिलाइएको छ भने खाजा खानाका लागि फरक फरक रेष्टुरेन्टलाई समान महत्व दिइएको छ ।

बाह्रखरीले पहिलो र दोस्रो संस्करण काठमाडौंको गोकर्ण गल्फमा सम्पन्न गरेको थियो भने तेस्रो संस्करण गत वर्ष सगरमाथा क्षेत्रको कोङदे (४२५० मि.उचाइ) मा गरेको हो । विश्वको सर्वाधिक उचाइमा गल्फ गरिएकोले सो प्रतियोगिताले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत निकै महत्व पाएको आयोजकको दाबी छ । आयोजकका अनुसार अमेरिकाबाट प्रकाशित संसारकै सर्वोत्कृष्ट म्यानेजिन गल्फ डाइजेस्टले सो समाचारलाई निकै महत्वका साथ प्रकाशित गरेको थियो ।

पत्रकार सम्मेलनमा गोकर्ण गल्फका अध्यक्ष सुहृद घिमिरे, निर्देशक दीपक आचार्य, हिमालय गल्फ कोर्सका निर्देशक किरण केसी, बाह्रखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई लगायतले प्रतियोगिताले खेलसँगै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको मुख्य प्रायोजक एनसेल हो भने डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेस्टमेन्ट बैंक लि. काल्र्सवर्ग, सिभास रिगल, हुन्डाई मोटर्स र आईएमई प्रायोजक छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width