कोभिडबीच पोखरा म्याराथन, फागुन १ का लागि तय

आदर्श समाज संवाददाता
पौष २८, २०७७
pokhara marathan

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड–१९ प्रभावबीच सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने भएको छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष तेज गुरुङले १५ औं संस्करणको म्याराथन आगामी फागुन १ लाई तय गरिएको जानकारी दिए । उनले पोखरालाई खेलकुद शहररुपमा परिचित गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ को कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए । यस संस्करणमा म्याराथनसँगै महिलाको हाफ म्याराथन (२१ किमी) समेत हुने जनाए ।

प्रतियोगितामा १० किमी महिला–पुरुष, ५ किमी छात्र–छात्रा तथा दृष्टिविहीनको दौड र अपाङ्गता भएका व्यक्तिहरुको ह्वील चियर दौडका इभेन्ट हुनेछन् । कोभिडका कारण दृष्टिविहीन दौड तथा ह्वील चियर दौड फागुन २२ मा, १० किमी महिला–पुरुष दौड चैत १४ मा र ५ किमी छात्रछात्रा दौड वैशाख ४ मा सम्पन्न हुनेछन् ।

म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना धावकले क्रमशः २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै, हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने मञ्च महासचिव खेम गुरुङले बताए ।

ह्वील चियर तथा दृष्टिविहीन दौडमा महिला–पुरुष दुवै इभेन्टमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७, ५ र ३ हजार, १० किमी दौडमा महिला–पुरुष दुवैमा क्रमशः १५, १० र ५ हजार तथा ५ किमी छात्र–छात्रामा १०, ७ र ४ हजार पुरस्कार व्यवस्था छ ।

सफल दूधको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको लागि करिब ५१ लाख रुपैयाँ खर्च हुने मञ्चको अनुमान छ ।
पोखरा रंगशालाबाट सुरु भएर भइ पोखराका विभिन्न भाग परिक्रमा गरी पुनः पोखरा रंगशालामा पुगेर दौड समापन हुनेछ । ‘रन फर फन’ इभेन्ट यसपालि समावेश छैन ।

कार्यक्रममा लक्ष्मी ग्रुपका उपनिर्देशक नीरज श्रेष्ठ मञ्च, आयोजक मञ्च सचिव कृष्ण तिमिल्सिनाले पोखरा म्याराथन सफल बनाउन सम्पूर्णमा आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width