कावासोती । कक्षा ११ को पाठ्यक्रमको अन्यौल तत्काल टुग्याउन माग गर्दै पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
सोमबार कावासोतीमा युथ कांग्रेसको नाममा विद्यार्थीहरुले पाठ्यक्रमको निधो मा अन्यौल हुँदा विद्यार्थीहरुको भविष्य अन्यौल भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
कक्षा ११ को पाठयक्रमको विषयमा सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दाले लाखौं विद्यार्थीकोे भविष्य अन्योल बनाएको उनीहरुले बताए । शैक्षिकसत्र २०७६ का लागि नेपाल सरकार शिक्षा मन्त्रालयले नयाँ पाठयक्रम जारी गरेर अध्यापन सुरु भइसकेको अवस्थामा नयाँ पाठयक्रम लागु नगराउने माग सहित सर्वाेच्चमा मुद्दा दायर भएको छ ।
सर्वाेच्च अदालतमा पटक पटक पेसी सर्दै जाने र अन्तिम फैसला नआएका कारणले कक्षा ११ को पठनपाठन सुरु भइसके पनि कक्षामा भने नयाँ पाठ्यक्रम पढाउने कि पुरानाे भन्ने अन्यौल बढेको छ ।
प्रदर्शनपछिको कोण सभामा युथ कांग्रेस जिल्ला संयोजक सुदिप चापागाईं, लुम्बिनी आदर्श डिग्री कलेजका प्रध्यापक रामचन्द्र भट्टराई, सरस्वती तिमिल्सिना, विद्यार्थी कृष्ण कँडेल लगायतले विद्यार्थीसँगको भविष्यसँग जोडिएका यस्ता मुद्दा तत्काल किनारा लगाउनु पर्नेमा जोड दिएका थिए ।
Related News
सम्बन्धित समाचार
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
hero news full width
मुख्य समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७