म्याग्दी जेसीज अध्यक्षमा वीरेन्द्र श्रेष्ठ

आदर्श समाज संवाददाता
पौष २७, २०७७
myagdi jci (2)

????????????????????????????????????

म्याग्दी । म्याग्दी जेसीजको २२ औं साधारणसभा तथा २१ औं अधिवेशनबाट वर्ष सन् २०२१ का लागि अध्यक्षमा वीरेन्द्र श्रेष्ठ चयन भएका छन् ।

कार्यसमितिको वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा सन्दीप खत्री, उपाध्यक्षमा विष्मा श्रेष्ठ, सुमन बानियाँ, नरेश श्रेष्ठ, डेकमाया केसी, महासचिव दिनेश विश्वकर्मा, कोषाध्यक्ष कुमार बानियाँ, शाखा सम्पादक हरि भण्डारी र सहकोषाध्यक्षमा सुनिता श्रेष्ठ रहेका छन् ।

यसैगरी, कानुनी सल्लाहकारमा पूर्वअध्यक्ष खम थापामगर र अध्यक्षयीय सल्लाहकारमा शैलेष श्रेष्ठ चयन भए ।

अध्यक्ष पदमा श्रेष्ठसहित भरतबहादुर रकाल, शैलेष श्रेष्ठ, विपीन बानियाँ र सन्दीप खत्रीले उम्मेदवारी दिएका थिए ।

उम्मेदवार श्रेष्ठ, बानियाँ र खत्रीले दाबी फिर्ता गरेर श्रेष्ठलाई समर्थन गर्दा रकाललगायत १८ जनाले जेसीज सदस्यबाटै सामूहिक राजीनामा दिएको वर्ष २०२० अध्यक्ष सुजन बरुवालले जानकारी दिए ।

कार्यक्रममा जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्वअध्यक्ष सुविन श्रेष्ठ, पूर्वअध्यक्ष विजय श्रेष्ठ र निवर्तमान शाखा अध्यक्ष बरुवालले नयाँ कार्यसमितिलाई बधाई दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width