महिला पर्यटन व्यवसायी मञ्चमा पार्वती पाण्डे

आदर्श समाज संवाददाता
पौष २७, २०७७
wotef

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा पार्वती पाण्डे निर्विरोध चयन भएकी छन् । मञ्चको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सहसचिवमा शर्मिला न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल चयन भइन् । मञ्चको सदस्यमा उमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी चयन भए ।

नवनिर्वाचित अध्यक्ष पार्वती पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा विभिन्न क्षेत्रको सहकार्य र समन्वयमा महिला व्यवसायीको भूमिकालाई सशक्त गराएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

अधिवेशनको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटनमा विकासमा महिलाको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान रहेको चर्चा गरे । पछिल्लो समय संगठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसर प्रदान गर्नु पर्ने उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width