कोठमा मृत भेटिए ५५ वर्षे पुरुष

आदर्श समाज संवाददाता
पौष २७, २०७७
Corona-deaths-1200

पोखरा । तनहुँको आँबुखैरेनीस्थित एक घरमा बस्दै आएका ५५ वर्षे पुरुष सोमबार मृतावस्थामा भेटिएका छन् ।

आँबुखैरेनी गाउँपालिका – २ नारीघाट स्थित धनराज गुरुङको पुरानो घरमा ७ वर्षदेखि बस्दै आएका पुरुष मृतावस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

अन्दाजी ५५ वर्षको समय निरौला नाम बताउने ती पुरुष बसेको घरको ढोका २ दिन देखी ढोका नखुलेको खबर स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी टोली खटिई स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहबरमा उक्त घरको ढोका खोली हेर्दा मृतावस्थामा भेटिएको डिइएसपी रेग्मीले बताए । उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width