पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् ।
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सोमबार प्रकाशित प्रेस विज्ञप्तिमार्फत् उहाँले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको उल्लेख गरेका छन् ।
मुलुकमा एकताको आधारमा टेकेर जनआन्दोलन, जनक्रान्तिलगायत विभिन्न राजनीतिक संघर्षमार्पmत हामी अहिले संघीय लोकतान्तिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेको बताउँदै उनले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यस दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमार्पmत विश्वास व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
पास भयो संकल्प प्रस्ताव: अनुगमन गर्न ९ सदस्यीय समिति
गण्डकीका मुख्यमन्त्री भन्छन् : आफ्नैले गरेको आलोचना सहिनसक्नु
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७