पोखरा । पोखरा लेडी जेसीजको ३२ औ पदस्थापन तथा पुरस्कार वितरण शनिबार पोखरामा भएको छ । निर्वाचित अध्यक्ष कमला शर्मा कँडेल (विनिता) लाई वर्ष २०२० की अध्यक्ष शोभा भुजेलले सपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरिन् ।
पदभार ग्रहणपछि अध्यक्ष कँडेलले आफ्नो टिमका पदाधिकारी तथा सदस्यलाई सपथ गराइन् । नयाँ समितिको उपाध्यक्षमा लक्ष्मी कुँवर, उपाध्यक्षमा रिना पौडेल, चन्द्रा भुजेल, सुभद्रा बराल र कविता सापकोटा निर्वाचित छन् । निर्देशकमा संगीता अधिकारी, दिव्यलक्ष्मी चालिसे, शीलु चालिसे र जमुना रसाइली छन् । नवनिर्वाचित अध्यक्ष कँडेलले महासचिवमा सुमित्रा कोइराला, कोषाध्यक्षमा सरस्वती थापा, सहसचिवमा प्रमिला कुँवर, सहकोषाध्यक्षमा सविता गौतम र कानुनी सल्लाहकारमा सपना गिरीलाई मनोनीत गरेकी छन् ।
प्रकरण निर्देशकमा गायत्री फुँयाल, बृद्धि सभापतिमा लीलावती पनेरु, सिप विकास संयोजकमा सपना गिरी, तालिम आयुक्तमा अनिता थापा र अर्थ संकलनमा नन्दकुमारी सुवेदी छन् । शुक्रबासरीय संयोजकमा सम्झना थापा क्षेत्री, अन्तरशाखा संयोजकमा मुना कोइराला, फेलोसिप प्रमोटरमा सम्झना बस्नेत, मिडिया रिलेसन अफिसरमा दीपा पौडेल, पब्लिक रिलेसन अफिसरमा दीपा रेग्मी, एलबिएन सभापतिमा विनिता सुवेदी, अवार्ड प्रमोसनमा सम्झना आचार्य र सचिवालय व्यवस्थापनमा सविता बराल छन् ।
कार्यक्रममा नेपाल जेसीजका वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालले पोखरा लेडी जेसीजका काम अतुलनीय रहेको बताए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहकार गोकुल सापकोटा, पोखरा महानगरपालिका ४ का वडाध्यक्ष शंकरप्रसाद बाँस्तोला, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष किरण केसी, कार्यक्रम लीलावती पनेरु लगायतले शुभकामना दिए ।
पोखरा लेडी जेसीजका पूर्व अध्यक्षहरुले स्थापना गरेको अस्मिसूस अवार्ड यस पटक महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय मानवअधिकारकर्मी बिना सिलवाललाई प्रदान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
किशोरीलाई व्यावहारिक शिक्षा
महिला पर्यटन व्यवसायी मञ्चद्वारा बैदाम इन्चार्ज तामाङको स्वागत
राष्ट्रपति र प्रमविरुद्ध नाराबाजी गर्नेलाई कारबाही माग
महिला पर्यटन व्यवसायी मञ्चमा पार्वती पाण्डे
कास्की पोखरा हस्तकला संघमा रामकली
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७