राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन अन्त्य

आदर्श समाज संवाददाता
पौष २६, २०७७
bidhya_devi_bhandari_gZDNRmBaPl-16

काठमाडाैं । राष्ट्रपति  विद्यादेवी भण्डारीले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गरेकी छन्।

आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अध्यक्षलाई पत्र लेख्दै अधिवेशन अन्त्यको जानकारी गराएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठकमा राष्ट्रिययभा अन्त्य गर्ने सिफारिस गरेर राष्ट्रियभामा पुगी सम्बोधन गरेका थिए।

राष्ट्रियसभाको हिउँदे अधिवेश गत पुस १७ गते सुरु भएको थियो।

प्रतिनिधिसभा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते विघटन गरिसकेकी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width