पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनको गतगणना शनिबार बिहानबाट सुरु भएको छ । आज साँझसम्म सबै मत परिणाम आइसक्ने अनुमान गरिएको छ ।
शनिबार नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । ३ हजार १ सय ५४ मतदातामध्ये २ हजार ३ सय ६५ मत खसेको हो ।
निर्वाचन समितिका अनुसार बिहान १० देखि दिउँसो ४ बजेसम्म भएको मतदान कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भयो ।
निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आइतबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको जानकारी दिए ।
मतदान प्रक्रिया सकिएपछि अब सबै जनाको ध्यान मतगणनाको परिणाम के कस्तो आउने हो भन्नेमा केन्द्रित छ । चुनावमा अध्यक्षका लागि नारायण कोइराला र बिन्दु कोइराला सुवेदीको प्यानल नै होमिएका छन् । मतदानस्थलमा उम्मेदवारहरुले अन्तिम समयसम्म पनि मतदातासँग मत मागेको दृश्य रोचक देखिन्थ्यो ।
कोभिड–१९ का कारण स्वास्थ्य सचेतना अपनाउँदै मतदानको व्यवस्था मिलाइएको थियो । विभिन्न ३ मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
३ हजार १ सय ५४ मतदातामध्ये २ हजार ३ सय ६५ मत खसेको छ
संघमा साधारण सदस्यतर्फ मतदाता २ हजार ९ सय ४० जना, औद्योगिक सदस्य १ सय २६, कर्पोरेट ५९ र वस्तुगत सदस्य २९ जना गरी कुल ३ हजार १ सय ५४ मतदाता थिए । आफ्ना रोजाइका उम्मेदवारलाई उद्योगी व्यवसायी मतदाताले मत खसालेका छन् । जीत कस्को पक्षमा जाने हो भन्ने आइतबारमात्र नतिजा सार्वजनिक हुनेछ ।
संघको आगामी २ वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा उनको मात्र उम्मेदवारी परेको हो । प्रजापति नारायण कोइराला प्यानलका हुन् ।
यस्तै, संघको उपाध्यक्ष (वाणिज्य) मा अर्जुन पोखरेल र सोवित पौडेल तथा उपाध्यक्ष (उद्योग) मा गोकर्ण कार्की र चिनुकुमारी गुरुङ चुनावी मैदानमा छन् ।
महासचिवमा धनीराम बराल र सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौलाबीच प्रतिष्पर्धा छ भने कोषाध्यक्षमा तारानाथ ढुंगाना र बलराम आचार्य चुनावीमा मैदानमा छन् ।
साधारण सदस्यतर्फ उत्तममान बुद्धाचार्य, उत्तमसेवक कार्की, ऋषिराम भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र सापकोटा, देवेन्द्र केसी, भरत केसी, पवित्रादेवी गुरुङ, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानांग र हरिराज पन्तले उम्मेदवार छन् ।
वस्तुगततर्फ उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गोंगजु, रामबहादुर केसी र रुपनारायण भुजेलको उम्मेदवारी छ । वस्तुगतबाट ४ जना निर्वाचित हुने छन् ।
यस्तै, २ कर्पोरेट सदस्यमा हर्कबहादुर अधिकारी र हरिहर सापकोटा तथा १ औद्योगिक सदस्यमा हीरामणि पण्डित निर्विरोध भइसकेका छन् । २९ सदस्यीय कार्यसमितिमा २४ जना निर्वाचित हुने छन् । यस्तै निवर्तमान अध्यक्ष अलावा ४ जना मनोनीत हुने संघको विधानमा उल्लेख छ ।
शुक्रबारदेखि सुरु महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७