पोखरा । गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को शनिवार पोखरामा १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले साधारणसभाको उद्घाटन गर्दै चलचित्र मार्फत गुरुङ कला, सँस्कृति, मौलिकता, कथाबस्तु संरक्षण,सवद्र्धनका साथै अन्तर्राष्ट्रियकरणका लागि गुरुङ चलचित्रको योगदान अतुलनीय रहेको बताए।
तमु एकता, भाषा, कला सँस्कृति संरक्षण सबै तमु संघ संस्थाको उद्धेश्य भनिए पनि व्यवहारमा कार्यन्वयनमा जिफान जुटिरहेको भन्दै प्रसंशा गरे। गुरुङ चलचित्र क्षेत्र अझै पनि राज्यबाट विभेदमा परेको भन्दै अधिकार प्राप्तिका लागि एकता, सचेततासहित दवाव दिनुपर्ने उनको जोड थियो। गुरुङ चलचित्र कम्पनीहरुको विकास व्यवसायिकतासँगै जिफानको संस्थागत विकासका निम्ती विशेष ध्यान दिनुपर्ने प्रमुख अतिथि गुरुङको सुझाव थियो।
कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग गुरुङ, तमु कलाकार संघ गण्डकीका महासचिव टसबहादुर गुरुङ, जिफानका पुर्व अध्यक्ष गिरीप्रसाद गुरुङ, पुर्व कानुनी सल्लाहकार कृष्णकुमार गुरुङले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा गुरुङ चलचित्र, गीत संगीतको प्रचार प्रसारका लागि पत्रकारिता क्षेत्रबाट विशेष योगदान दिएको भन्दै पत्रकार राजाराम पौडेललाई प्रमुख अतिथि हुमबहादुर गुरुङ, जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र जिफानका प्रमुख संरक्षक, संस्थापक अध्यक्ष माओत्से गुरुङले सम्मानपत्र, फेटा र खादाबाट सम्मान गरिएको थियो।
रेडियो अन्नपूर्ण र पोखरा न्युज डटकममा आवद्ध सम्मानित पत्रकार पौडेलले जिफानको सम्मानले आफुलाई थप प्रोत्साहन मिलेको र गुरुङ चलचित्रका विषयमा आगामी दिनमा थप समाचार लेखन र प्रसारणका निम्ती जुट्ने प्रतिवद्धता जनाए।
जिफानका अध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गुञ्ज गुरुङ र संचालन कार्यवाहक महासचिव लबसन गुरुङले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
भर्चुअलमार्फत नाटक महोत्सव
आमाको महत्व भिडियोमा
खेम गुरुङको ‘घर त गलकोट’
कोरोना कालपछिको नेपाली सिनेमा
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७