Worldlink ads

पार्टीभित्रकै नेताले संसद् विघटन गर्न बाध्य पारे : मुख्यमन्त्री गुरुङ

rss रासस
पौष २५, २०७७
cm ps gurung

d’VodGqL ;Daf]wg unsf]6, @$ k’; M g]kfn sDo’lgi6 kf6L{ g]skf lhNnf sld6L afun’ªn] cfof]hgf u/]sf] lhNnf e]nfnfO{ z’qmaf/ ;Daf]wg ub}{ u08sL k|b]zsf d’VodGqL k[YjL;’Aaf u’?ª . t:jL/ M v]d/fh uf}td÷ /f;;

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद् विघटन गर्नुपरेको बताउनुभयो ।

प्रचण्ड–नेपाल समूहका क्रियाकलाप राष्ट्रियताविरोधी भएको आरोप लगाउँदै गुरुङले मुलुक यो परिस्थितिमा ल्याउनमा दुई जनाको मुख्य भूमिका रहेको बताउनुभयो ।

देश, सरकार र राष्ट्रियताविरोधी क्रियाकलाप भएको भन्दै उहाँले कुर्चीमोहले नेकपा विभाजनको सङ्घारमा पुगेको बताउनुभयो । मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैँ अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद् भङ्ग गर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले मुलुकको सिमाना मिचिँदा आवाज उठाउने र गुमेको जमिन फिर्ता ल्याउने पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्नसमेत नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads