खानेपानी संस्थान कर्मचारी संघ पाेखरामा अनिल

आदर्श समाज संवाददाता
पौष २५, २०७७
khanepani news 25

पोखरा । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराका ७ औं अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । इकाई अधिवेशनबाट अनिल शर्मा सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । संघको इकाई उपाध्यक्षमा भोजराज चापागाईं, महिला उपाध्यक्षमा रेखा केसी, सचिवमा दिपेन्द्र बानिया, कोषाध्यक्षमा सिमाना केसी, सहसचिवमा विमल तिम्सिना चयन भएका छन् ।

सदस्यमा विक्रम बरुवाल, प्रतिमा शर्मा, चन्द्रकान्त अधिकारी, बलबहादुर थापा, लोकबहादुर घले, दिलिप खाँड ठकुरी र दिनेश पराजुली सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक एवं पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशीले जानकारी दिए । जोशीको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्य आनन्दप्रसाद रेग्मी र शिवराज भण्डारीले केन्द्रीय प्रतिनिधिमा केदार धमला, विष्णुप्रसाद रेग्मी र रुककुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको जानकारी दिए ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै नेपाल टे«ड युनियन कांगे्रस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले ट्रेड युनियनको नेतृत्व लिँदा आफूले दिनु पर्ने समयको ख्याल गर्न आग्रह गरे । उनले सामूहिक योजनामा जान सबै ट्रेड युनियन कर्मी एक हुन जरुरी रहेको बताए । कर्मचारी संघ इकाई समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सभामा श्रमिकलाई भ¥याङ बनाउने राजनीतिक दलको काम प्रति असन्तुस्ट व्यक्त गर्दै अध्यक्ष मुरारी शर्माले चर्का नारा लगाउने कम्युनिस्ट नेतृत्वले मजदुरलाई उचित व्यवस्थापन गर्न नसकेको उल्लेख गरे ।

कर्मचारी संघ इकाई समितिका सहसचिव भोजराज चापागाइँले सञ्चालन र सदस्य अनिल शर्माले स्वागत गरेको सभामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जनताको अपमान गर्ने सरकार लोकतान्त्रिक हुन नसक्ने बताए । अध्यक्ष भण्डारीले संस्थानमा कार्यरत करारका कर्मचारीको उचित व्यवस्थापन नगरेसम्म संस्थानले उपभोक्ताको हित गर्नै नसक्ने बताए ।

इकाई अधिवेशनमा नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिका महासचिव केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीको हकहित र रोजगार सुरक्षामा संघले अगुवाई गर्ने बताए । महासचिव धमलाले छैटौं अधिवेशनमा २०६६ सालको विज्ञापन मुख्य एजेन्डा बनाएर सफल गराएको बताउँदै सातौं अधिवेशनबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गराउने ठोकुवा गरे । धमलाले प्राविधिक कार्यालय खानेपानी संस्थानमा कर्मचारीमाथि हुने विभेदलाई निरुत्साहित गर्दै व्यवस्थापनसँग वान टु वान बार्ता गर्न कर्मचारी संघ सधै तयार रहेको बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बरालले संस्थानमा कार्यरत करारका कर्मचारीको उचित व्यवस्थान नभएसम्म संस्थान अघि बढ्न नसक्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width